खोलाले बगाएर किशोरीको मृत्यू
झोलुङ्गे पुलबाट घुमाउरो पर्ने ठानेर छोटो बाटोका लागि भूतगाढ खोला तर्न लाग्दा खोलाले बगायाे ।
दैलेख – दैलेखमा बाढी आएको खोला तर्न लागेकी एक किशोरीलाई खोला बगाएर शनिवार मृत्यू भएको छ ।
ठाँटीकाँध गाउँपालिका–४ गैरागाउँकी १६ वर्षीया उर्मिला कठायतको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज प्रहरी नायव उपरीक्षक (डीएसपी) किशोर लम्सालले जानकारी दिनुभयो ।
गएराति गहुँ पिस्न घट्टमा बास बसेकी ती किशोरी झोलुङ्गे पुलबाट घुमाउरो पर्ने ठानेर छोटो बाटोका लागि भूतगाढ खोला तर्न लाग्दा खोलाले बगाएको ठाँटीकाँध प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक (असई) कृष्ण कुँवरले बताउनुभयो ।
घट्ट नजिकैबाट खोला तर्न लागेकी ती किशोरीलाई खोलाले बगाएर झण्डै २ सय मीटर टाढा खोलाको किनारामा पाखा लगाएको थियो । मृतक उर्मिला ठाँटीकाँध गाउँपालिका–४ स्थित देउती मावि गैरागाउँमा कक्षा १० की विधार्थी हुनुहुन्थ्यो ।
प्रतिक्रिया