मेयर बालेन शाहविरुद्धको अवहेलना मुद्दा हेर्न नभ्याइनेमा

मेयर बालेन शाहविरुद्धको अवहेलना मुद्दा हेर्न नभ्याइनेमा

काठमाडौं –  काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) विरुद्धको मुद्दा हेर्न न्भ्याइनेमा परेको छ । आइतबार न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको इजलासमा बालेनविरुद्धको रिट परेको थियो ।

अदालतको आदेश मान्दिन भन्ने अभिव्यक्तिबाट अदालतको अवहेलना भएको भन्दै अधिवक्ता वर्षाकुमारी झाले सर्वोच्च अदालतमा शुक्रबार रिट दायर गरेकी थिइन् । उक्त रिटमाथि सुनुवाइका लागि आइतबारको पेसी तोकिएको थियो । रिट निवेदनको अन्तिममा रहेको अधिवक्ता झा को रिट हेर्न न्भ्याउनेमा परेको हो ।

बालेनले आदिपुरुष फिल्ममा समावेश भएको ‘भारतकी बेटी’ भन्ने शब्दलाई लिएर फिल्मबाट उक्त संवाद नहटाएसम्म नेपालमा उक्त र अन्य कुनैपनि फिल्न चल्न नदिने घोषणा गरी फिल्म हलहरुमा महानगर प्रहरी खटाउनुभएको थियो।

त्यसलगत्तै हलवालाहरुको छाता संगठन चलचित्र संघले उच्च अदालत पाटनमा हालेको रिटमा अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै हिन्दी चलचित्रको प्रदर्शनमा रोक लगाउने निर्णय तत्काल कार्यन्वयन नगर्नु नगराउने भन्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

उच अदालतका न्यायाधीश धीरबहादुर चन्दको एकल इजलासबाट उक्त आदेश आएको खबरलगत्तै बालेनले सार्वधौमिकता र स्वाधीनताको सवालमा अदालतको आदेश पनि नमान्ने बताउनुभएको थियो । बालेनले सामाजिक सञ्जालमा लेखेका थिए, ‘जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानून र अदालतलाई मान्ने वाला छैन ।’ बालेनले राज्य र अदालतसमेत भारतको गुलाम भएको आरोप समेत लगाउनुभएको थियो ।

बालेनको यो अभिव्यक्ति संविधान विपरीत र कानूनी शासनको प्रतिकूल रहेको भन्दै अधिवक्ता झाले अदालतको अवहेलनामा रिट दर्ता गराएकी थिइन् ।

प्रतिक्रिया