दुल्लु नगरपालिकाको ९२ करोड ८३ लाख बजेट विनियोजन
सुर्खेत – दैलेखको दुल्लु नगरपालिकाले आर्थिक बर्ष २०८०/८१ को लागि ९२ करोड ८३ लाख ५६ हजार २७ रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
आइतबार नगरपालिकाको १३ औं नगरसभाबाट आर्थिक बर्ष २०८०/८१ को नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरिएको हो । नगरपालिकाले कुल बजेटको ७५ दशमलब ५२ प्रतिशत अर्थात ७० करोड १० लाख ९३ हजार चालुतर्फ र २४.४८ प्रतिशत अर्थात २२ करोड ७२ लाख ६३ हजार २७ रुपैयाँ पुजिगततर्फ विनियोजन गरेको हो ।
बजेट प्रस्तुत गर्दै उपप्रमुख बिना कार्कीले यो खर्च अनुमान चालु आर्थिक बर्षको विनियोजनको तुलनामा १४.३५ प्रतिशतले कम भएको बताउनुभयो ।
यस्तै नगरपालिकाले सुत्केरी महिलालाई निःशुल्क एम्बुलेन्स सेवा दिने र प्रत्येक बर्ष ५२ जना विद्यार्थीहरुलाई निःशुल्क छात्रवृति दिने कार्यक्रमलाई निरन्तरता दिएको नगरप्रमुख भरत रिजालले बताउनुभयो । दुल्लु नगरपालिकाको आवश्यकता र सम्भावनालाई मध्यनजर गरेर बजेट ल्याएका छौ, उहाँले भन्नुभयो, यसबाट दुल्लु नगरपालिका र दुल्लुबासीको आर्थिक, सामाजिक तथा शैक्षिक गुणस्तरमा सुधार हुने अपेक्षा लिएका छौ ।’
प्रतिक्रिया