नाम्खा गाउँपालिकाको बजेट पारित

नाम्खा गाउँपालिकाको बजेट पारित

हुम्ला – हिमाली जिल्ला हुम्लाको उत्तरी क्षेत्रको नाम्खा गाउँपालिकाले गाउँसभाबाट बजेट पारित गरेका छन्। सभामा पेश भएको बजेटमाथि सामान्य छलफल गरी पारित गरिएको हो।

शिक्षा, स्वास्थ्य, सञ्चार, सडक, पूर्वाधार विकास, आयआर्जन, कृषि, पशु, पर्यटन क्षेत्रलाई प्राथमिकता दिँदै नाम्खा गाउँपालिको सभाबाट बजेट पारित गरेको हो।

त्यसैगरी, सभाले आगामी वर्षका नीतिसमेत पारित गरेको छ। उपाध्यक्ष तकदिर लामाद्वारा प्रस्तुत भएको बजेटमा ३१ करोड ३८ लाख आठ हजार दुई सय छ।

गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामाले १९ करोड, २४ लाख, ८२ हजार चालुतर्फ रहेको र पुँजीगततर्फ १२ करोड चौध लाख रहेको बताउनुभयो ।

आफ्नो आन्तरिक स्रोत कमी भएको उक्त गाउँपालिकाले तर्जुमा गरेको बजेर संघ र प्रदेश सरकारले उपलब्ध गराउने सहयोगमा निर्भर छ। विकासका लागि सडक र सञ्चार आवश्यक पर्ने भन्दै अध्यक्ष लामाले यसलाई बजेटले प्राथमिकतामा राख्ने बताउनुभयो ।

प्रतिक्रिया