आज जसपा नेपालको विधान अधिवेशन समापन हुँदै

आज जसपा नेपालको विधान अधिवेशन  समापन हुँदै

काठमाडौँ –   जनता समाजवादी पार्टी नेपालको विधान अधिवेशन आज समापन हुने भएको छ । गत आइतबारदेखि सुरु भएको विधान अधिवेशन पूर्व तालिका अनुसार आज समापन हुन लागेको हो।

आजको बैठकमा मस्यौदा विधानमाथि समूहगत छलफलमा उठेका प्रश्नको अध्यक्ष उपेन्द्र यादवलगायतका शीर्ष नेताले जबाफ दिने कार्यक्रम रहेको छ ।
गत आइतबार अध्यक्ष यादवले प्रस्तुत गरेको मस्यौदा विधानमा हिजो १० वटा समूहमा समूहगत छलफल भई धारणा राख्ने क्रम सुरु भएको थियो । उक्त १० वटा समूहबाट समूहगत धारणा राखे पछि अधिवेशनको अन्तिम दिन अध्यक्ष यादवले जवाफ दिएर संसाधनसहित विधान पारित गर्ने कार्यसूची रहेको प्रवक्ता मनिष सुमनले बताउनुभयो ।

उहाँका अनुसार प्रस्तावित विधानमा ७० वर्षे उमेर हदको प्रावधान राखिएको जिल्ला, प्रदेश र केन्द्रीय कार्यसमितिको पदाधिकारीमा दुई पटक भन्दा बढी एउटै पदमा बस्न प्रतिबन्ध लगाइएको, एकल नेतृत्वमा फर्किएको, प्रदेश र केन्द्रीय समिति सदस्य हुन कम्तीमा पाँच वर्ष पार्टी सदस्यता लिएको पाँच वर्ष हुनुपर्ने लगायत प्रावधान राखिएको विधान प्रस्तुत भएको छ ।

उक्त मस्यौदा विधानमा छलफलका लागि ४ सय २० केन्द्रीय सदस्यसहित करिब ८ सय जना प्रतिनिधिले सहभागिता जनाइरहेका छन् ।

प्रतिक्रिया