जुम्लामा धान गोड्दै गर्दा खेतमा करेन्ट लागेर किशोरीको मृत्यु
जुम्ला – जुम्लामा करेन्ट लागेर एक किशोरीको मृत्यु भएको छ । उक्त घटनामा ४ जना घाइते भएका छन्।
जुम्लाको कनकासुन्दरी गाउँपालिका-८ सुमलगाउँको खलापानी भन्ने ज्युलोमा धान रोपेको खेत गोड्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो।
मृत्यु हुनेमा सुमलगाउँ निवासी १७ वर्षीया प्रर्मिला परियार रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी धर्मराज जोशीले बताउनुभयो ।
‘लुड्कु जलविद्युत आयोजनाको विद्युतको तार हावाहुरीले खेतमा परेको हुनाले करेन्ट लागेको हो,उहाँले भन्नुभयो, ‘घाइते सबैको अवस्था सामान्य छ।’
घाइते सबैको उपचार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा भइरहेको छ। घाइते हुनेहरुमा सोही गाउँकी शान्ति दमाई, राजु दमाई, मन दमाई र वीरु दमाई छन्। -कान्तिपुर
प्रतिक्रिया