विद्यार्थीहलाई ट्राफिक नियम अभिमुखीकरण

विद्यार्थीहलाई ट्राफिक नियम अभिमुखीकरण

दैलेख – जिल्ला ट्राफिक कार्यालयले मंगलवार विद्यार्थीहलाई ट्राफिक नियम अभिमुखीकरण गरेको छ । दैलेख बजारमा रहेको मोडेल स्कूलका छात्र छात्रालाई ट्राफिक नियम सम्बन्धी अभिमुखीकरण दिएको हो ।

दैलेख ट्राफिक प्रमुख सई भीमबहादुर खत्रीले विद्यार्थीहरु बसबाट विद्यालय जाने आउने भएकाले ट्राफिक नियम आवश्यक पर्ने भन्दै अभिमुखीकरण गरेको बताउनुभयो ।

उक्त कार्यकममा मोडेल स्कूलका ७, ८, र ९ छात्र छात्रालाई करिब असी जना विद्यार्थीको उपस्थित रहेको थियो । त्यसबखत जेब्रा क्रसिङ्, स्कुल बसमा चड्ने र झर्ने विधि अभिमुखीकरण गराइएको थियो ।

प्रतिक्रिया