ठाटीकाँधबाट एक मनोरोगी महिलाको उद्धार

ठाटीकाँधबाट एक मनोरोगी महिलाको उद्धार

सुर्खेत –  पश्चिम दैलेखको ठाटीकाँधबाट एक मनोरोगी महिलाको उद्धार गरिएको छ । ठाटीकाँध गाउँपालिका वडा नम्बर १ को अधेरी खोलाबाट उद्धार गरि मानव सेवा आश्रम सुर्खेत ल्याईएको छ । विगत २५ वर्षदेखि मानसिक सन्तुलन गुमाएर ठाटीकाँधका विभिन्न ठाउँमा डुल्दै बस्दै आएकि ढुन्की खनाललाई अँधेरी खोलाको जंगलबाट उद्धार गरिएको हो ।

आठबीस नगरपालिका–१ स्थायी ठेगाना भएकी खनाल ठाटीकाँध गाउँपालिका–१ अँधेरी खोलाको जंगलस्थित खोलाको छेउमा बस्दै आएकी थिइन् । मानव सेवा आश्रम सुर्खेतका युवा परिवार संयोजक एवं युवा अभियान्ता महेन्द्रकुमार थापा ‘मानवसेवा’ र पत्रकार जितेन्द्र थापाको पहलमा उनलाई उद्धार गरि आश्रममा ल्याईएको हो ।

‘विगत २५ वर्षदेखि मनोरोगी समस्या भोग्दै कहिले पानी कहिले घाम त लगायत विभिन्न गाँउगाउँमा डुल्दै आएकी ढुन्की खनालको उद्धार गरि सुर्खेत मानव सेवा आश्रममा ल्याउन सफल भएको थापाले बताउनुभयो । मनोरोगी महिलालाई उद्धार गरि ठाटीकाँधबाट सुर्खेत पु¥याउन समन्वय गर्ने ठाटीकाँध गाउँपालिका अध्यक्ष रक्ष बहादुर शाह, प्रमुख प्रशाशकीय अधिकृत नेम बहादर खत्रीलगाएतलाई धन्यवाद समेत दिनुभयो ।

एक महिना अघि पत्रकार जितेन्द्र थापाले ठाटीकाँधबाट फर्किदै गर्दा बाटोमा फेला पार्नु भएको रहेछ’, ‘उहाँले भन्नुभयो, ‘त्यो बेला मलाई जानकारी गराउनुभएको थियो । फोटो र भिडियो ल्याएपश्चात् उहाँलाई उद्धार गर्नै पर्ने भएर उद्धार गरि ल्याएका हौँ ।’

पहिले सानै उमेर बाख्रा चराउन बनतिर गएका बेला बाघले बाख्रा मार्दै गर्दा बाघ छाया परेर यस्तो भएको ढुन्की खनालका भिनाजु नाता पर्ने गणेश रेग्मी बताउनुहुन्छ । पहिले बाघ छाया परेर यस्तो भएको भन्ने छ । घर लैजान धेरै कोसि गर्दा पनि भएन उहाँले भन्नुभयो ।
उमेरले ४५ वर्ष पुगेकी ढुन्की खनाल मनोरोगी भएको २५ वर्ष भएको रेग्मीको भनाई छ ।

 

प्रतिक्रिया