आइतवार कर्णाली प्रदेशसभा बैठक बस्दै
सुर्खेत – भोलि (आइतवार) कर्णाली प्रदेशसभा बैठक बस्दैँछ । बिहीबारबाट स्थगित भएको कर्णाली प्रदेशसभाको बैठक आइतबार बस्न लागेको हो ।
प्रदेशसभा सचिवालयका अनुसार विशेष कारणले गत बिहीबारदेखि स्थगित भएको बैठक आइतबार बस्ने गरी तय गरिएको छ । यस अघि प्रमुख प्रतिपक्षी दल एमालेले बजेटमा मुख्यमन्त्री र अर्थमन्त्रीले मनोमानी गरेको भन्दै संसद् अवरुद्ध गरेको थियो । जसकाकारण बैठक सुचारु हुन सकेका थिएन ।
बजेट संशोधन नभएसम्म संसद् अवरुद्ध गर्ने एमालेले चेतावनी छ । संसद्मा एमालेको अवरोध हटाउन पटक पटक छलफल भए पनि कुनै ठोस निर्णय हुन सकेको छैन। तर, पनि बैठक आजका लागि बोलाइएको छ ।
प्रतिक्रिया