देउवा योग्य भएरै ५ पटक प्रधानमन्त्री बन्नुभएको हो : मन्त्री साउद

देउवा योग्य भएरै ५ पटक प्रधानमन्त्री बन्नुभएको हो : मन्त्री साउद

काठमाडौँ –  परराष्ट्र मन्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता एनपी साउदले पार्टी सभापति शेरबहादुर देउवा योग्यताकै कारण ५ पटक मुलुकको प्रधानमन्त्री बनिसकेको बताउनुभएको छ ।

कांग्रेस गाउँ कार्यसमिति चौरपाटी अछामले आइतबार गरेको कार्यक्रममा बोल्दै मन्त्री साउदले भन्नुभयो, ‘उहाँ (देउवा) भाग्यले प्रधानमन्त्री हुनुभएको होइन। चिठ्ठा परेर कोही ५ पटकसम्म प्रधानमन्त्री हुन्छ त ? शेरबहादुर देउवा योग्यताकै कारण प्रधानमन्त्री बन्नुभएको हो ।’

उहाँले कांग्रेसको नेतृत्वले सबै पार्टीलाई सँगसँगै लैजान सक्ने दाबीसमेत गर्नुभएको थियो । ‘कांग्रेस सबैभन्दा भरपर्दो पार्टी हो,’ उहाँले दाबी गर्नुभयो, ‘देशभित्रका र अन्तर्राष्ट्रिय शक्तिलाई आश्वस्त र विश्वस्त पार्न हामी सक्छौं।’

प्रतिक्रिया