बजेट कार्यान्वयनका सन्दर्भमा थुप्रै विकृति र विसंगति छन् : मुख्यमन्त्री शर्मा
सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले बजेट कार्यान्वयनका सन्दर्भमा थुप्रै विकृति र विसंगति रहेको बताउनुभएको छ । आइतवार प्रदेशसभाको १७ औँ बैठकमा बोल्दै शर्माले यस्तो बताउनुभएको हो ।
शर्माले बजेट कार्यान्वयनका सन्दर्भमा थुप्रै विकृति र विसंगति रहेको बताउँदै उक्त समस्याको समाधान गरेर सरकार अघि बढ्न चाहिरहेको बताउनुभयो । उहाँले बजेट निर्माणका क्रममा हाबी भएका बिचौलियाको खोजी गरिनुपर्ने समेत उल्लेख गर्नुभएको छ ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बजेट संशोधन गर्नुपर्ने, बिचौलियाहरूको छानबिन गरिनुपर्ने लगायतका माग राख्दै केही दिनयता संसद् अवरोध गर्दै आएको थियो।
आइतबार सर्वदलीय बैठकमा सात बुँदे सहमतिसँगै अवरोध हटेको छ । सोही विषयमा जानकारी दिन सदनमा बोल्दै मुख्यमन्त्री शर्माले प्रतिपक्षका मागहरू जायज रहेको र सबैको सहकार्यमा सरकार अघि बढ्ने बताउनुभयो ।
प्रतिक्रिया