कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टारमा डा. डबल धामी नियुक्त

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टारमा डा. डबल धामी नियुक्त

काठमाडौँ –  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको रेक्टरमा बझाङका डा डबल धामी नियुक्त हुनुभएको छ । प्रतिष्ठानका सहकुलपति तथा स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले डा धामीलाई रेक्टार पदमा नियुक्त गर्नुभएको हो ।

मन्त्री बस्नेतले प्रतिष्ठानका उपकुलपति डा मंगल रावलको सिफारिसका आधारमा डा धामीलाई नियुक्त गर्नुभएको हो । उपकुलपति डा रावलले डा धामीसहित तीन जनाको नाम सिफारिस गर्नुभएको थियो । डा रावलले डा धामीसँगै डा भूमिराज क्षेत्री र डा कुशल भट्टराईको नाम सिफारिस गर्नुभएको थियो ।

यसअघि रेक्टारका लागि अन्य तीन जनाको नाम सिफारिस भएको थियो । तर मन्त्री बस्नेतले उनीहरु बाहेकका नाम सिफारिस गर्न भनेपछि उपकुलपति डा रावलले नयाँ तीन जनाको नाम सिफारिस गर्नुभएको थियो । उपकुलपति डा रावलले रेक्टरका लागि यसअघि डा राजिव शाह, डा माया राई र डा अनुस्मृती पालको नाम सिफारिस गर्नुभएको थियो ।

बझाङको छबिस पथिभेरा ६ का स्थायी बासिन्दा धामी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सह प्राध्यापकको रूपमा काम गर्दै आउनुभएको थियो । धामीले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एमबीबीएस तथा काठमाडौँ विश्वविद्यालयबाट क्लिनिक फर्माकोलोजी एन्ड थेराप्युटीक्समा एमडी गर्नुभएको हो ।-रातोपाटी

प्रतिक्रिया