रास्वपा सत्ता फेरबदलको रेसमा छैन : लामिछाने

रास्वपा सत्ता फेरबदलको रेसमा छैन : लामिछाने

काठमाडौँ –  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टी अहिले सत्ता परिवर्तनको रेसमा नरहेको स्पष्ट पार्नुभएको छ ।

मंगलबार कैलालीको धनगढी विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै सभापति लामिछानेले आफूहरुले सत्ता परिवर्तनमा कुनै चासो नराखेको बताउनुभएको हो ।

‘सत्ता फेरबदलको कुरा सुन्छु, हामी त्यो रेसमा छैनौँ, यसमा कुनै चासो राखेको छैनौँ, पार्टीको संगठन विस्तारमा लागेका छौँ,’ उहाँले भन्नुभयो, ‘मिश्रित जनमतका कारणले सत्ताको फेरबदल चाररपाँच वर्ष चलिरहनेछ, तर अहिले हामी त्यस किसिमको कुनै पनि क्रियाकलापमा सहभागी छैनौँ।’

आगामी आर्थिक वर्षको लागि ल्याइएको बजेटले अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न नसक्ने उहाँले बताउनुभयो । सत्तारुढ गठबन्धन जनताको पक्षमा काम गर्नु भन्दा पनि सत्ता जोगाउने खेलमा लागेको उहाँको आरोप छ।

‘जनजीविकाको सवालमा आएका प्रश्नको कुनै जवाफ छैन, जनताको पक्षमा हुने भन्दा पनि सत्ता जोगाउने खेल चलिरहेको छ,’ उहाँले भन्नुभयो, ‘यो बाहेक समसामयिक राजनीति यो बाहेक धेरै चर्चा गर्न लायक छैन।’

प्रतिक्रिया