ललिता निवास प्रकरणको मुद्दा संगठित अपराधमा रूपान्तरण
काठमाडौँ – केन्द्रीय अनुसन्धान ब्युरोले अघि बढाएको ललिता निवास जग्गा प्रकरणको मुद्दा संगठित अपराधमा रूपान्तरण भएको छ ।
मंगलबार सरकारी वकिलको कार्यालयले काठमाडौँ जिल्ला अदालतमा सरकारी लिखत किर्तेमा प्रारम्भिक अनुसन्धान भएको उक्त मुद्दालाई संगठित अपराधमा रूपान्तरण गरी म्याद थपका लागि माग गरेको थियो ।
काठमाडौँ जिल्ला अदालतले ब्युरोको नियन्त्रणमा रहेका ९ जनालाई नै संगठित अपराधमा थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
प्रतिक्रिया