एसइई परीक्षाको नतिजा सार्वजनिक

एसइई परीक्षाको नतिजा सार्वजनिक

काठमाडौँ –  राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा बिहीबार सार्वजनिक गरेको छ।

सार्वजनिक नतिजाअनुसार २२ हजार ४७५ जनाले ३.६० देखि ४ ग्रेड ल्याएका छन्। ४ ग्रेड ल्याउनेहरु ४ दशमलव ६३ छन्।
गत वर्षभन्दा दोब्बर धेरैले ४ ग्रेड ल्याएका हुन् । गत वर्ष ९ हजार ६३३ जनाले ३.६० देखि ४ ग्रेड ल्याएका थिए।

२०७९ गत चैत १७ गतेदेखि २९ गतेसम्म सञ्चालित परीक्षामा देशभरका सामुदायिक र निजीकासहित ४ लाख  ८५ हजार तीन सय ९६ विद्यार्थी सहभागी थिए।

जसमा दुई लाख ४२ हजार सात सय १२ जना छात्रा र दुई लाख ४२ हजार छ सय ७४ जना छात्र थिए। प्राविधिकतर्फ १५ हजार चार सय ६१ परीक्षार्थी थिए।

ग्रेड कसरी थाहा पाउने ?
वि.सं. २०७२ को पद्धतिअनुसार ९० देखि १०० प्रतिशत ल्याउनेलाई ए प्लस, ८० देखि ९० भन्दा कम ल्याउनेलाई ए, ७० देखि ८० भन्दा कम ल्याउनेलाई बी प्लस भनिन्छ।

त्यस्तै ६० देखि ७० भन्दा कम ल्याउनेलाई बी, ५० देखि ६० भन्दा कम ल्याउनेलाई सी प्लस, ४० देखि ५० भन्दा कम ल्याउनेलाई सी भनिन्छ।
३० देखि ४० भन्दा कम ल्याउनेलाई डी प्लस, २० देखि ३० भन्दा कम ल्याउनेलाई डी तथा २० भन्दा कम ल्याउनेलाई ई ग्रेड दिइन्छ।

प्रतिक्रिया