सामुदायिक वन क्षेत्रमा वृक्षरोपण
सिमकोट – ग्याराक्टु सामुदायिक वन उपाभोक्ता समितिका सदस्य मिलेर वन क्षेत्रमा वृक्षरोपण गरेका छन्। वन क्षेत्रको संरक्षण तथा सम्वद्र्धन र वन्यजन्तुको वासस्थान सुधारका लागि वृक्षरोपण कार्यक्रम आयोजना गरिएको हो।
उक्त वन उपभोक्ता समितिका अध्यक्ष यमबहादुर लामाले सत्तरी जना वन उपभोक्ता समितिका सदस्य मिलेर वृक्षरोपण गर्ने कार्य सम्पन्न भएको बताए। तीन वर्ष अगाडि सो वनमा आगलागी भएको वन क्षेत्र सखाप भएको थियो।
आगलागीबाट नष्ट भएको वनमा हरियाली बनाउन वृक्षरोपण गरिएको हो। पानी पनि परिरहेकाले वृक्षरोपण कार्य सफल हुने विश्वास गरिएको छ।
वनमा लगाइएका विरुवा संरक्षण गर्ने कार्य पनि समितिबाटै हुनेछ। बिरुवासमेत समितिले आफैँ नर्सरी स्थापना गरेर हुर्काएको हो। वृक्षरोपाणका लागि सहजीकरण गरिरहेको तेस्रो धु्रव संरक्षणको उकाली परियोजनाको निर्देशक रिन्जिन फुन्जोक लामाले वन्यजन्तुको वासस्थान सुधारका लागि वृक्षरोपण गरिएको बताए।
ग्वाराक्टु सामुदायिक वनमा एक हजार दुई सय वटा गोब्रे सल्लाका बिरुवा लगाइएको बताउदै यसबाट वन क्षेत्रको संरक्षण र सम्वद्र्धन हुने विश्वास गरिएको छ।
हरियाली वनमा आगलागी भएकाले वन्यजन्तु हराएका बेला वृक्षरोपण कार्यक्रम पछि भने ती वन्यजन्तु फर्कने विश्वास परियोजनाले गरेको छ। उक्त परियोजनाले वन तथा वन्यजन्तु संरक्षणमा काम गर्दै आएको छ।
प्रतिक्रिया