ठाटीकाँधका जनप्रतिनिधि कर्मचारीले गरे वृक्षरोपण

ठाटीकाँधका जनप्रतिनिधि कर्मचारीले गरे वृक्षरोपण

ठाटीकाँध-  दैलेखको ठाटीकाँध गाउँपालिकामा जनप्रतिनिधि कर्मचारीले वृक्षरोपण गरेका छन् । ठाटीकाँध गाउँपालिकाको आयोजना र सोसेक नेपालद्धारा ठाटीकाँधमा संचालित सहकार्य परियेजनाको सहजिकरणमा वृक्षरोपण गरिएको हो ।  गाउँपालिका अध्यक्ष रक्ष बहादुर शाही उपाध्यक्ष देबि राम बडुवाल प्रमुख प्रशाशकीय अधिकृत नेम बहादुर खत्री लगायत अन्य कर्मचारीले वृक्षरोपण गर्नुभएको हो ।

त्यस्तै वृक्षरोपणमा ठाटीकाँध प्रहरी चौकीबाट दुइजना प्रहरी समेत रहेको सोसेक नेपालद्धारा ठाटीकाँधमा संचालित सहकार्य परियेजना सामाजिक परिचालक मनसरा बिष्टले बताउनुभयो

ठाटीकाँध गाउँपालिकाको हेलिप्याड आसपास, माइ मन्दिर र प्राथमिक स्वास्थ्य केन्द्र वरिपरि वृक्षरोपण गरिएको हो । वृक्षरोपणमा रिठा, बकाइनो, धुपोसल्ला, कल्कि फूलका विरुवा गरि एकसय बढि बिरुवा वृक्षारोपण गरिएको थियो ।

बिष्टका अनुसार सोसेक नेपालद्धारा ठाटीकाँधमा संचालित सहकार्य परियोजनाले ठाटीकाँधका विभिन्न विद्यालयमा वृक्षरोपण कार्यक्रम संचालन गर्दै आएको छ । हालसम्म २५ वटा विद्यालयमा वृक्षरोपण गरिएको बताउनुभयो।

 

प्रतिक्रिया