नैतिकता भन्ने चिज जिवित छ भने प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ : लिङ्देन

नैतिकता भन्ने चिज जिवित छ भने प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ : लिङ्देन

काठमाडौँ –  राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री प्रचण्डमा नैतिकता छ भने तत्काल राजीनामा दिनुपर्ने बताउनुभएको छ । ‘बहालावाला प्रधानमन्त्रीले कुनै व्यक्तिलाई देखाएर पटक पटक दिल्ली जानु भएको थियो भन्नु आपत्तिजनक विषय हो । यो सामान्य कुरा होइन, नैतिकता भन्ने चिज जिवित छ भने प्रधानमन्त्रीले दिनुपर्छ । राजीनामा दवावले मागिने कुरा होइन’, प्रतिनिधिसभामा बोल्दै लिङ्देनले भन्नुभयो ।

उहाँले प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रियतासँग जोडिएको विषय भएको भन्दै यसमा सामान्य विषय नभएको स्पष्ट पार्नुभयो । उहाँले वर्तमान संसदमा केही राजनीतिक दलमात्रै नभएर थुप्रै दलहरु रहेको बताउनुभयो । तर, अघिल्लो बैठकमा जुन प्रकारको रुलिङ भयो त्यसमा आफूले खेद प्रकट गर्ने बताउनुभयो ।

 

प्रतिक्रिया