हुम्लामै बसेर बस्नेतका चार साहित्यिक रचना

हुम्लामै बसेर बस्नेतका चार साहित्यिक रचना

सिमकोट – बालमन्दिर माध्यमिक विद्यालयकी शिक्षक मधु बस्नेत शाहीले (मधुश्री) हुम्ला जिल्लामै बसेर चार वटा साहित्यिक कृति रचना गर्नुभएको छ ।

शिक्षण पेसा र घरायसी कामबाट बचाएको समयले साहित्यकार बस्नेतले यी कृति रचना गर्नुभएको हो ।
साहित्यकार बस्नेतले परिवेश र वातावरण राम्रो नभए पनि हालसम्म चार वटा कृति रच्न सफल भएको बताउनुभयो । उहाँले रचना गरेका कृतिमा कथा, कविता र गजल संग्रह छन्।

उहाँले विशेष गरी विद्यालयमा शिक्षण पेशाबाट बचेको समयलाई सदुपयोग गर्दै यी कृति तयार पार्नुभएको हो । उहाँको पहिलो कृति मधुमाधव कथा संग्रह छ भने उक्त संग्रहमा २१ वटा कथालाई समेटिएको छ।

त्यसैगरी, दोस्रो कविता संग्रह बुनु रहेको छ। त्यसमा ४४ वटा कविता समेटिएको छ। बस्नेतको तेस्रो साहित्यिक कृतिमा तिमी र म गजल संग्रह छ।

उक्त गजल संग्रहमा ५० वटा गजल समावेश छन्। उनको भर्खरै प्रकाशित भएर विमोचन हुन बाँकी गजल संग्रह सर्वनाम रहेको छ।

यसमा ५६ वटा गजल संगृहीत छन्। यसलाई चाँडै विमोचन गर्ने तयारी गरिएको छ। यी चार वटै कीर्तिमा बस्नेतले माया प्रेम, विकृति, विसंगतिलाई मुख्य विषयबस्तु बनाएर तयार पार्नुभएको छ । -देश सञ्चार

प्रतिक्रिया