ठाटीकाँधका शिक्षक विद्यार्थी जुट्दै वृक्षारोपण अभियानमा
सुर्खेत – दैलेखको ठाटीकाँध गाउँपालिका ५ का हिमाल शाही ८ वर्षको हुनुभयो । उहाँ सरस्वति हाधारभुत विद्यालयमा तीन कक्षामा अध्यनरत हुनुहुन्छ । उमेरले सानै भएपनि उहाँको सोच भने ठुलो छ । सानै उमेरमा पनि विद्यालय सरसफाइ देखि विद्यालय वरिपरि वृक्षारोपण गर्नुपर्ने बताउदै उहाँ आफै पनि विभिन्न विरुवा ल्याएर विद्यालय वरिपरि रोप्नुहुन्छ ।
उहाँ जस्तै सोही विद्यालयमा दुइ कक्षामा अध्यनरत ७ वर्षका मन्जु विक पनि उमेरले सानो भएता पनि उहाँको सोच ठुलो रहेको छ । बाताबरण स्वस्थ रहे पछि आफुहरु स्वास्थ्य हुने भएकाले बाताबरण सफा राख्ने र वृक्षारोपण गर्ने बताउनुहुन्छ । हाम्रा विभिन्न कारणले भएका रुख विरुवा पनि रोप्न छोड्नु र भएका विरुवा पनि मास्नाले बाताबरण प्रदुषण बाढी पहिरोका घटनाहरु बढ्दो रहेको र त्यस्को रोकथाम गर्नुपर्ने उहाँको भनाई छ । हिमाल र मन्जु एक प्रतिनिधि पात्र मात्र हुन् । उहाँहरुजस्तै उक्त विद्यालयमा अध्यनरत सम्पुर्ण विद्यार्थीहरु रुख विरुवा वृक्षारोपण गर्नमा उत्साहित भएका छन् । विद्यालयका शिक्षक विद्यार्थीसँगै उत्साहित हुँदै विद्यालयको हाता सरसफाइ देखि वृक्षारोपण गर्न थालेका छन् ।
विद्यालय परिसरमा रोपिएका सम्पूर्ण विरुवाहरुको रेखदेख र संरक्षण विद्यालयले नै गर्ने विद्यालयका प्रधानाध्यापक लोकरो विकले बताउनुभयो । विद्यालयलाई हरियाली, वातावरणमैत्री र विद्यार्थीमा वृक्षारोपण गर्नुपर्छ भन्ने ज्ञान समेत प्रवाह गर्ने उद्देश्यले विरुवा रोपिएको विकले बताउनुभयो । हामीले अहिले हाम्रै स्थानीय विभिन्न जातका विरुवा वृक्षारोपण गरेका छौँ, उहाँले भन्नुभयो ।
त्यस्तै ठाटिकाध गाउँपालिका वडा नम्बर ५ स्थित श्री भगवती आधारभुत विद्यालयका शिक्षक विद्यार्थीहरु पनि वृक्षारोपणमा जुटेका छन् । वडा नम्बर ५ बुढागाउँ स्थित उक्त विद्यालयका शिक्षक विद्यार्थी वृक्षारोपणमा जुटेका छन् । माथि उल्लेखित विद्यालको सिको गर्दै ठाटीकाँध गाउँपालिका वडा नम्बर ५ लगायतका अन्य विद्यालयहरुमा पनि वृक्षारोपण थालिएको छ ।
त्यस्तै ठाटिकाध गाउँपालिका वडा नम्बर ६ स्थित श्री धौलापाडा आधारभुत विद्यालय छडाथानमा शिक्षक विद्यार्थीले वृक्षारोपण गरेका छन् ।
सोसेक नेपालद्धारा ठाटीकाँधमा संचालित सहकार्य परियोजनाले ठाटीकाँधका विभिन्न विद्यालयमा वृक्षरोपण कार्यक्रम संचालन गर्दै आएको छ । हालसम्म २५ वटा विद्यालयमा वृक्षरोपण गरिएको सहकार्य परियेजनाका सामाजिक परिचालक मनसरा बिष्टले बताउनुभयो ।
प्रतिक्रिया