कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तालाबन्दी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तालाबन्दी

जुम्ला –   कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत सम्पूर्ण करार चिकित्सक तथा अध्यापक/प्राध्यापकहरुले पदाधिकारीको कार्यकक्षमा तालाबन्दी सहित आकस्मिक सेवा बाहेक बहिरङ्ग सेवा र शैक्षिक गतिविधिमा संलग्न नहुनेगरि “पेन डाउन”को घोषणा गरेका छन।

जेष्ठ १४ गते सम्पूर्ण करार अध्यापक/प्राध्यापकहरु स्थायी हुनुपर्ने एक सुत्रिय माग राखी चरणबद्ध आन्दोलन घोषणा गरेका चिकित्सक तथा अध्यापक/प्राध्यापकहरुले पूर्व घोषित कार्यक्रमअनुसार जेष्ठ १४ देखी असार १५ गतेसम्म आफ्ना मागहरूको ज्ञापनपत्र स्थानीयस्तर, सम्पूर्ण पदाधिकारी, जि.प्र.का. हुँदै, सह-कुलपति तथा शिक्षामन्त्री र कुलपति तथा प्रधानमन्त्रीको कार्यलयमा बुझाउने कार्य सम्पन्न गरी केहि समय माग सम्बोधनको लागी अल्टिमेटम समेत दिएका थिए।

आज पूर्वघोषित कार्यक्रम अनुसार पदाधिकारीहरुको कार्यकक्षमा तालाबन्दी गर्ने क्रममा उप-कुलपति डा.मङ्गल रावलले चिकित्सक तथा अध्यापक/प्राध्यापकमाथि दुर्ब्यवहार एवं आत्मसम्मानमा चाेट पुर्याउने गरि प्रस्तुत गर्दै गैरजिम्मेवारपूर्ण भएर प्रस्तुत भएपछि चिकित्सक तथा अध्यापक/प्राध्यापकहरुले कोणसभा गरेर पूर्व घोषित रिले अनसनको कार्यक्रम स्थगन गरी आजकै दिनदेखि अनिश्चितकालिन “पेन डाउन” सहित धर्ना लगायतका आन्दोलनको घोषणा गरेका छन् ।

उक्त आन्दोलनबाट हुने सम्पूर्ण क्षतिको जिम्मेवार स्वयं पदाधिकारी हुनुपर्ने विज्ञप्तिमा उल्लेख गरिएकाे छ । पेन डाउन सहितको आन्दोलन घोषणाले MBBS, BNS, BMS, B.Pharm, Public Health, MD लगायतका सम्पूर्ण पठनपाठन बन्द भएको छ ।  साथै उक्त आन्दोलनले आकस्मिक बाहेकका अस्पताल सेवाहरू समेत प्रभावित भएका छन ।-कखरा

प्रतिक्रिया