कर्णालीका १० जिल्लाका १४ वटा हिरासतमा पुस्तकालय स्थापना गरिने
सुर्खेत – कर्णाली प्रदेशका १० जिल्लाका १४ वटा हिरासतमा पुस्तकालय स्थापना गरिने भएको छ ।
जिल्लाका जिल्ला प्रहरी कार्यालय र इलाका कार्यालयमा १५ दिनभित्र पुस्तकालय स्थापना गरिने कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक भिमप्रसाद ढकालले बताउनुभयो ।
कारागारमा रहेका कैदीहरुलाई अध्ययनशील, कारागारको समयलाई समेत उत्पादनशील र अध्ययन तथा ज्ञानवर्दक शिक्षाका लागि पुस्तकालयको स्थापना गरिन लागेको महानिरीक्षक ढकाल बताउनुभयो ।
‘अब काररागारमा एक कोठामा पुस्तकालय हुने छ । पुस्तकालयमा विभिन्न खाले पुस्तकालय पढ्न पाइनेछ’, उहाँले भन्नुभयो, ‘कारागारलाई किताब अभियानबाट प्रभावित भएर पनि यस्तो अभियान थालेको छौँ ।’
साथै, कर्णाली प्रदेशमा कारागारलाई किताब अभियानको गठन गरिएको छ । उक्त अभियानमार्फत यो भन्दा पहिला ४० हजार भन्दा बढी पुस्तक हस्तान्तरण गरिसकेको समितिको उप–संयोजक ज्योति कटुवालले बताउनुभयो ।
प्रतिक्रिया