विपद प्रतिकार्य योजनामा जुट्न सांसद रानाद्धारा सरकारको ध्यानार्कषण

विपद प्रतिकार्य योजनामा जुट्न सांसद रानाद्धारा सरकारको ध्यानार्कषण

सुर्खेत –  प्रतिनिधि सभा सदस्य सिता कुमारी रानाले मनसुनजन्य विपदको पुर्व तयारी गर्न सरकारको ध्यानार्कषण गर्नुभएको छ । देशभर मौसम भइरहेको सक्रिय मौसमले विपदका घटना घट्न सक्ने भएकाले त्यस्को पुर्व तयारीमा लाग्न सदनमार्फत नेपाल सरकारको ध्यानार्कषण गराउनुभएको हो ।

अहिले पनि विभिन्न ठाउँमा सक्रिय मनसुनका कारण आम नागरिकको जनतजिवन प्रभावित भएको भन्दै त्यस्ता नागरिकलाई तत्काल उद्धार र राहतको व्यवस्था समेत गर्न उहाँले ध्यानार्कषण गराउनुभएको थियो ।

उहाँले भन्नुभयो, ‘राष्ट्रिय जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको अध्यन प्रतिवेदन अनुसार ३५ हजार घरधुरी प्रभावित हुने आकलन गरिएको छ । गत वर्ष कर्णाली प्रदेशमा मनसुनजन्य विपदबाट भएको ठुलो धनजनको क्षतिलाई मध्यनजर गर्दै सबै स्थानीय तह प्रदेश सरकार र नेपाल सरकार पुर्व तयारी तथा प्रतिकार्य योजनाको प्रभावकारी कार्यान्वयन जरुरी छ ।’

देशका सबै जिल्लामा आपतकालिन केन्द्रमा मौज्दात तथा विपद प्रतिकार्यका लागि आवश्यक सामाग्रि व्यवस्थापनका लागि नेपाल सरकारको ध्यानार्कषण गर्दछु । खाद्य संकटलाई मध्यनजर गर्दे सबै जिल्लामा आवश्यक पर्ने न्युनतम खाद्य तथा अन्य सामाग्रिको मौज्जाद व्यवस्थापनका लागि नेपाल सरकारको ध्यानार्कषण समेत गराउनुभयो ।

प्रतिक्रिया