डोनाल्ड लुको भ्रमणलाई लिएर भीम रावलको प्रश्न

डोनाल्ड लुको भ्रमणलाई लिएर भीम रावलको प्रश्न

काठमाडौँ-    मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) परियोजना कार्यान्वयनमा अमेरिकाले गरेको ताकेता शंकास्पद रहेको पूर्वउपप्रधानमन्त्री भीम रावलले बताउनुभएको छ ।

अमेरिकी सहायक उपविदेशमन्त्री डोनाल्ड लुको नेपाल भ्रमणतिर संकेत गर्दै रावलले एमसीसी कार्यान्वयनका लागि तारन्तार नेपाल आएर सबै ठूला नेतालाई भेट्नुको कारण रहस्यमय भएको बताउनुभएको हो ।

‘एमसीसी नेपालको हितमा नेपालकै आयोजना भए त्यसलाई लिनैपर्छ भनी अमेरिकीहरूले कहिले धम्की दिने र तारन्तार कार्यान्वयनका लागि नेपाल आई सबै ठूला दलका नेतालाई भेट्नुपर्ने किन ?’ उहाँले प्रश्न गर्नुभएको छ ।

अमेरिकाको सहायक विदेशमन्त्री आउँदा प्रधानमन्त्रीदेखि ठूला दलका नेताहरूले भेटवार्ता गर्नैपर्ने कुरा पनि रहस्यमय नै भएको उहाँको भनाइ छ।

हिजो नेपाल आइपुगेका अमेरिकी सहायक विदेशमन्त्री लुले प्रधानमन्त्रीदेखि प्रमुख दलका प्रमुख नेताहरूसँग भेटवार्ता गरिसकेका छन्। गत वर्ष संसद्बाट एमसीसी पारित भएको थियो।

प्रतिक्रिया