नेकपा एमाले कर्णालीको सचिवमा पछाई

नेकपा  एमाले कर्णालीको सचिवमा पछाई

सुर्खेत-  नेकपा एमालेको‌ कर्णाली प्रदेश कमिटीको सचिवको जिम्मेवारी टेकराज पछाईले पाउनुभएको छ । आज बसेको नेकपा एमाले केन्द्रीय सचिवालयको बैठकले युवा नेता पछाईलाई जिम्मेवारी प्रदान गरेको हो। यसअघि सचिव कमल शाही थिए भने पछाई उपसचिव थिए ।

जुम्ला (ख) बाट कर्णाली प्रदेशसभामा निर्वाचित पछाई‌‌ एमाले संसदीय दलको प्रमुख सचेतक समेत हुन् । एमाले कर्णाली प्रदेशको अधिवेशन भदौ २९ र ३० गते गर्ने निर्णय प्रदेश कमिटीले गरिसकेको छ ।

प्रतिक्रिया