बागमती खोलाले बगाएर एकजनाको मृत्यु

बागमती खोलाले बगाएर एकजनाको मृत्यु

हेटौंडा –  मकवानपुरमा खोलाले बगाएर एकजनाको मृत्यु भएको छ । मकवानपुरको बागमती गाउँपालिकास्थित बागमती खोलाले बगाएर स्थानीय वडा नम्बर १ का लघुदोर्जे दोङको मृत्यु भएको हो ।

खोला तर्ने क्रमाम ४६ वर्षका दोङको मृत्यु भएको मकवानपुर प्रहरीका प्रवक्ता टेकबहादुर कार्कीले बताउनुभयो । खोलाले बगाएर मृत्यु भएको शवलाइ निकालिएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया