कांग्रेस केन्द्रीय कार्यसमितिका १० एजेन्डा

कांग्रेस केन्द्रीय कार्यसमितिका १० एजेन्डा

काठमाडौँ-   नेपाली कांग्रेसले मंगलबारदेखि सुरु हुने पार्टी केन्द्रीय कार्यसमिति बैठकको एजेन्डाहरू तय गरेको छ। सोमबार पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकले एजेन्डा तय गरेको महामन्त्री विश्वप्रकाश शर्माले बताउनुभयो ।

कांग्रेस बैठकका १० एजेन्डा

१ समसामयिक विषय आर्थिक, परराष्ट्रलगायतबारे छलफल
२ सांगठनिक कार्ययोजना र कार्यतालिका
३ केन्द्रीय समिति बैठक बस्दा कार्यसम्पादन समितिको निर्णय प्रस्ताव
४ निर्वाचन परिचालन समितिको प्रतिवेदन
५ नीति अधिवेशन सम्बन्धमा
६ विभागहरू गठन, थप र कामको व्यख्या
७ राष्ट्रव्यापी अभियानको घोषणा
८ अनुशासन समितिको प्रतिवेदन पेस
९ संसद्‌मा सम्पादन भएका कामकाजहरूको प्रतिवेदन
१० सरकारको गतिविधिबारे जानकारी

प्रतिक्रिया