आजको मौसम – सातै प्रदेशमा पानी पर्ने

आजको मौसम – सातै प्रदेशमा पानी पर्ने

काठमाडौँ –   अहिले (मंगलबार बिहान) काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् बिनु महर्जनका अनुसार यतिबेला बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदशेका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै तथा गण्डकी, लुम्बिनी, बागमती र कोशी प्रदेशका पहाडी भूभागका केही स्थान साथै मधेश प्रदेशका एक वा दुई ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस क्रममा सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशका एकरदुई स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षासमेत हुने सम्भावना छ।

यसैगरी राति देशका पहाडी भूभागका केही र बाँकी भूभागका एकरदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
महाशाखाले आगामी २४ घण्टा (बुधबार बिहान ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।

जसमा भनिएको छ, ‘कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा गण्डकी, लुम्बिनी, बागमती र कोशी प्रदेशका पहाडी भूभागका केही स्थान र मधेश प्रदेशका एक वा दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। सुदूरपश्चिम प्रदेशका तथा गण्डकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षाको समेत सम्भावना छ। तसर्थ हावाहुरी, भारी वर्षा, मेघगर्जनरचट्याङ, गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका कारण हुनसक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

 

प्रतिक्रिया