विषालु च्याउ खाँदा एकै परिवारका ५ जना बिरामी

विषालु च्याउ खाँदा एकै परिवारका ५ जना बिरामी

बैतडी –   बैतडीमा विषालु च्याउ खाँदा एकै परिवारका ५ जना बिरामी परेका छन्। जिल्लाको सुर्नया गाउँपालिका–३ तडिगाउँमा विषालु च्याउ खाँदा एकै परिवारका ५ जना सदस्य बिरामी परेका हुन्।

बिरामी हुनेमा ३५ वर्षीय टेकराक भट्ट, वर्ष ३५ कै धौली भट्ट, १२ वर्षीय भुवन, १० वर्षीया शारदा र वर्ष ८ का डब्लु रहेका छन्।

सबै जनालाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको इलाका प्हरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक कमलप्रसाद चौधरीले बताउनुभयो ।

उनीहरुमध्ये शारदाबाहेक सबै बेहोस अवस्थामा रहेको अस्पताल प्रशासनले जनाएको छ।

प्रतिक्रिया