२३ परिवारलाई सोलार वितरण

२३ परिवारलाई सोलार वितरण

डोटी-   बोगटान फुड्सिल गाउँपालिका ( १ सिमचौरका २३ परिवारलाई सोलार वितरण गरिएको छ । 

बुधवार गैरसरकारी संस्था आरसिडिसी तथा युएमएनको आर्थिक सहयोग र वडा कार्यालयको सहकार्यमा प्रतिपरिवार ५० वाटको २३ वटा सोलार वितरण गरिएको हो ।

आरसिडिसी तथा युएमएनको संयुक्त परियोजना जलवायु परिवर्तन न्यूनीकरण अन्तरगत वडाका एकल महिला, असहाय, अपाङ्गता भएका व्यक्ति र विपन्न परिवारको छनोट गरेर सोलार वितरण गरिएको वडाध्यक्ष खेम घर्तीमगरले बताउनुभयो  ।

वडाका नागरिक विद्युत् पहुँचभन्दा बाहिर रहेकाले उनीहरूको बाध्यतालाई मध्यनजर गरी सोलार वितरण गरिएको बताउनुभयो । सोलार पाएपछि स्थानीय खुसी भएका छन् ।

प्रतिक्रिया