हरिहरपुरगढीले ८२ जनालाई रोजगारी दिँदै

हरिहरपुरगढीले ८२ जनालाई रोजगारी दिँदै

सिन्धुली– हरिहरपुगढी गाउँपालिकाले चालु आर्थिक वर्षमा ८२ जनालाई रोजगारी प्रदान गर्ने भएको छ । गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत ८२ जनालाई सय दिने रोजगारी प्रदान गर्न लागेको हो । 

यो आर्थिक वर्षमा गाउँपालिकाभरी बेरोजगारी दर्ता फर्म भर्ने १२८१ जनामध्ये प्राथमिकता सूचीक्रममा परेका ८२ जनालाई रोजगारी उपलब्ध गराउने गाउँपालिकाकी रोजगार संयोजक लक्ष्मीश्वरी तुईतुईले बताउनुभयो  । ‘हरेक वर्षको फागुनमा गाउँपालिकाले बेरोजगारी सूचीमा आवद्ध गराउन फर्म खोल्छ । फर्म भरेका स्थानीयमध्ये मन्त्रालयले प्राथमिकताको आधारमा रोजगार दिनैपर्ने व्यक्तिहरुलाई छनौट गर्छ’, उहाँले भन्नुभयो । 

गत वर्षमा वडाबाट साँझेदारीमासमेत रोजगारी प्रदान गरिएको उहाँले बताउनुभयो  । वडाको विकास निर्माणको लागि छुट्याइएको बजेटबाट निर्माण भएको काममा प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत स्थानीयलाई १०० दिने रोजगारी प्रदान गर्ने गरिएको थियो ।

उहाँका  अनुसार वडाले बाटोको सोलिङ गर्ने, बाटो बनाउने पूल बनाउने जस्ता कामको लागि सामान किन्ने र मेशिनरी सामान प्रयोग नगरी वडा साँझेदारीमार्फत स्थानीयलाई रोजगारी उपलब्ध गराएर विकास निर्माणको काम गरेको थियो । 

तर, यस आर्थिक वर्षमा आर्थिक मन्दि भएकाले वडा साँझेदारीबाट रोजगारी दिन सक्ने अवस्था नरहेको उहाँले बताउनुभयो  । यस आर्थिक वर्षमा संघले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि पठाएको बजेट अनुसार मात्र रोजगारी दिन सक्छौँ,’ उहाँले भन्नुभयो । गत वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रम र वडा साँझेदारी कार्यक्रम गरेर ७२ जनालाई गाउँपालिकाले १०० दिने रोजगारी प्रदान गरेको थियो । 

प्रतिक्रिया