बालबालिकालाई न्यायमा समेत सहुलियत

बालबालिकालाई न्यायमा समेत सहुलियत

दैलेख, पुस २० – अनौचापचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का दैलेख जिल्ला प्रतिनिधि अमर सुनारले विद्यालयमा लगनशील हुँदा विद्यार्थीले न्यायमा समेत सहुलियत पाउने गरेको बताएका छन् । इन्सेकको इएलपी परियोजना अन्तरगत बेलपाटामा आज विद्यालय छनौट अन्तरक्रिया कार्यक्रममा बालबालिकाले गल्ती गर्न सक्छन् तर अपराध गर्दैनन् भन्ने कानूनी मान्यता रहेको उनले सुनाए । elp-belpata-2073-9-2 elp-belpata-2073-9-1इएलपी कार्यक्रमका जिल्ला सहजकर्ता सुनारले बालबालिकाले विद्यालयमा गरेको लगनशीलताले उनीहरुले गर्ने गल्तीलाई सजाय सहुलियत र सजाय स्थगन समेतको सुविधा पाएको बालन्याय कार्यविधिले दिएको अधिकार विषयमा व्याख्या गरे ।
विद्यालय छनौट अन्तरक्रिया कार्यक्रममा बेलपाटा मानवअधिकार निगरानी समूहका संयोजक पार्वती केसीले बालबालिका र महिलालाई राज्यले दिएको अधिकार बारे समाज सचेतना जरुरी रहेको बताए । कार्यक्रममा विद्यालयका निमित्त प्रधानाध्यापक तिलकराज पौडेलले बालबालिकाको सर्वोत्तम हितका लागि राज्य र समुदायले भुमिका निर्वाह गर्नुपर्ने आवश्यकता औल्याए ।
कार्यक्रममा बेलपाटा मानवअधिकार निगरानी समूहका सदस्य कमला केसी, स्थानीय निकायका प्रतिनिधि, अभिभावक, शिक्षक, विद्याथी प्रतिनिधिहरुको सहभागिता थियो । सो कार्यक्रमले बालअधिकार प्रवद्र्धन कार्यक्रम संचालन गर्न बेलपाटाको त्रिबेणी संगम मावि चुप्रा र सरस्वती मावि तर्ताङ्गलाई छनौट गरिएको छ ।

प्रतिक्रिया