भकारो सुधारका लागि रहफमा सिमेन्ट बितरण

भकारो सुधारका लागि रहफमा सिमेन्ट बितरण

अछाम –  अछामको तुर्माखाँद गाउँपालिका भकारो सुधारका लागि सिमेन्ट बितरण गरिएको छ । डीसिय नेपालको साझेदारीमा सोसेक नेपालद्धारा तुर्माखाँद -१ रहफका २७ जना किसानलाई बितरण गरिएको हो ।

 शान्ति भैरब कृषक समुहका १३ जना र माछालोट बहुउद्देश्यीय कृषि तथा पशुपन्छी पालन कृषक समुहका १४ जना गरि जम्मा २७ जना किसानलाई बितरण गरिएको सोसेक नेपालका कृषि प्राबिधिक हिक्मेन्द माझीले बताउनुभयो ।

उहाँका अनुसार गाईबस्तुको पिसाब संकलन गर्न भकारो सुधारको लागि प्रत्येक कृषकहरुलाई ५ /५ वटा का दरले १३५ बोरा सिमेन्ट १ नम्बर वडा सदस्य मान बहादुर शाहिको अध्यक्षतामा वितरण गरिएको माझीले बताउनुभयो ।

 भकारो सुधारले रहफका किसानका् जीवनस्तरमा परिवर्तन हुने वडा सदस्य मान बहादुर शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, 'सोसेक नेपालले साँच्चिकै किसान दाजुभाइको जीवनस्तर सुधाका लागि ठुलो सहयोग गरेको बताउनुभयो । यस्ले  कृषकको आयआर्जनमा वृद्धि विकास हुनेछ', उहाँले भन्नुभयो ।    

सोसेक नेपालले अछामको तुर्माखाँद गाउँपालिका १ रहफका समुहलाई पनि सोसेक नेपालबाट नमुना गाउँको रुपमा कार्यक्रम राखेको समेत कृषि प्राबिधिक माझी बताउनुहुन्छ ।  
उहाँका अनुसार यो कार्यक्रमले कृषकहरुलाई लाभ हुने छ । विशेष गरि त उहाँहरुलाई झोल मल बनाउनको लागि र खेतबारिमा प्रयोग गर्नको लागि बढि सहयोग पुग्ने उहाँ बताउनुहुन्छ । 

प्रतिक्रिया