बाल विहे रोक्ने अभियानमा लागे बाल क्लव

बाल विहे रोक्ने अभियानमा लागे बाल क्लव

जिल्लाको पश्चिममा पर्ने राकम कर्णालीमा रहेको शुभविहानी बाल क्लवले शनिबार वाल विवाह रोक्न सडक नाटक प्रदर्शन गरेको छ । दैलेखमा बाल विहेको अवस्था भयानक रहेको एक अध्ययनले देखाएकोछ । उक्त अध्ययननका अनुसार जिल्लामा उमेर नपुगी विवाह गर्नेहरुको ८६ प्रतिसत रहेकोछ । जिल्लामा गठन भई क्रियाशिल रहेका समुदाय र विद्यालयमा आधारित बाल क्लवले वाल विवाह रोक्ने अभियान नै संचालन गरेकाछन् ।

child-club-news-in-child-marriage2 child-club-news-in-child-marriage1 child-club-news-in-child-marriageयस्तै क्लवहरु मध्ये शुभविहानी बाल क्लव राकमकर्णालीले शनिबार राकमकर्णालीको खिड्कीज्युला र भेल्तडीमा सडक नाटक प्रदर्शन गरेको छ । नाटकमा बाल बिहेले ल्याउने सामाजिक, आर्थिक र स्वास्थ्य समस्याबारे सचेत गराइएको थियो । बाल बिहे कानुनीरुपमा समेत दण्डनीय रहेको नाटकमा देखाउन खोजीएको कुरा दर्शक जिवन सावद माझीले वताए । केटाकेटी दुबैको २० वर्ष भन्दा कम उमेरमा विवाह गर्न नपाइने कानुनी व्यवस्था रहेको शुभविहानी वाल क्लवका अध्यक्ष नेत्र थापा माझीले वताए । सडक नाटक राकमकर्णाली, सिंहासैन र पिपलकोटका करिव एक हजार जना दर्शकले नाटक अवलोंकन गरेको नाटकका निर्देशक खड्ग माझीले वताए ।

प्रतिक्रिया