सुदूरपश्चिमका मन्त्री झपट साउदविरुद्ध प्रहरीमा उजुरी

सुदूरपश्चिमका मन्त्री झपट साउदविरुद्ध प्रहरीमा उजुरी

कैलाली -  सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री झपट साउदविरुद्ध जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी परेको छ ।

बझाङ बुंगलका धनबहादुर बोहराले जिल्ला प्रहरी कार्यालय कैलालीमा मन्त्री साउदविरुद्ध उजुरी हाल्नुभएको हो  । मन्त्री साउदले आफूले सापटी दिएको पैसा फिर्ता माग्दा ज्यान मार्ने धम्की दिएको भन्दै उजुरी दिनुभएको हो  ।

मन्त्री साउदले लेनदेन पनि नभएको ज्यान मार्ने धम्की पनि नदिएको बताउनुभयो  । कैलाली प्रहरी प्रवक्ता डीएसपी कुलदीप चन्दले यस विषयमा थप छानबिन हुने बताउनुभयो । हामीले यस विषयमा छानबिन गरिरहेका छौँ उहाँले भन्नुभयो  ।

प्रतिक्रिया