'सोसेकको सहयोगले गाउँकै नमुना कृषक बनेँ'

'सोसेकको सहयोगले गाउँकै नमुना कृषक बनेँ'

निर्मल अधिकारी

दैलेख - दैलेखको भैरवी गाउँपालिका ४ नाउले खोलाकी बिस्ना खनाल गाउकै नमुना किसान हुनुहुन्छ । उहाँले तरकारी खेती गर्न लागेको आधा दशक भन्दा बढि भयो । तरकारी खेतीबाटै छोरा छोरीको पढाई र घरखर्च समेत चलेको छ । ११ जनाको परिवार छ । छोराछोरी ९ जना मध्ये जेठी छोरीको मात्रै विहे भएको छ । अरु गाउँकै विद्यालयमा पढिरहेका छन्  

तरकारी खेती गर्न सुुरु गरेको लामो समय भए पनि उहाँलाई पहिला आधुनिक व्यवसाय र प्रविधिको बारेमा जानकारी थिएन् । परम्परागत रुपमा गुजरामुखी व्यवसाय गर्दै आउनुभएको थियो जुन व्यवसायले घरमा खान पनि नपुग्ने गरेको उहाँ बताउनुहुन्छ । तरकारीबाट भएको सबै उत्पादन घरमै प्रयोग गथ्र्याै', उहाँले भन्नुभयो,  'सीप र ज्ञानको अभावमा आम्दानी भन्दा बढी श्रम लागथ्यो । वर्षभरी दुःख गर्दा पनि परिवारकै लागि तरकारी उत्पादन गर्न नसकिने समस्या थियो ।' 

परम्परागत तरकारी खेतीबाट घरमा खान लगाउन हम्मे परेका बेला विष्णालाई अब कसरी घरखर्च जोहो गर्ने भन्ने ठुलो चिन्ता थियो । उहाँमा केही गर्ने हुटहुटि भएता पनि साथ सहयोग गर्ने ठाउँ पाउनुभएको थियो । साथ सहयोग गर्ने ठाउँको खोजीमा उहाँ हुनुहुन्थ्यो । नभन्दै उहाँले सोसेक नेपालको साथ सहयोग पाउनुभयो । सोसेक नेपालले सहजीकरण गरेको पञ्चकोशी आमा समूहमा उहाँ सहभागी हुनुभयो । समूहमा सहभागी हुँदा उहाँले व्यवसायिक कृषि कसरी गर्न सकिन्छ भन्ने जानकारी पाउनुभयो । तरकारी खेती गर्दा प्रयोग गरिने किटनाषक औषधी र रोगको उपचारका बारेमा पनि जानकारी पाउनुभयो । 

समूलाई घुम्ती कोष भनेर संस्थाले १५ हजार सहयोग गरेको थियो । समूहका धेरै जना सदस्यले ऋण लिएर व्यवसाय सञ्चालन गर्ने गरेका थिए । उहाँलाई पनि लाग्यो ऋण लिएर व्यवसाय अलि बढाउछु । उहाँले समूहबाट १५ हजार ऋण लिएर बेमौसमी तरकारी खेती सुरु गर्नुभयो । त्यतिखेर बजारमा टमाटरको अभाव थियो । ४ क्विन्टल टमाटर प्रति केजी २५ का दरले विक्रि गर्नुभयो । टमारबाट राम्रै आम्दानी भएपछि बन्दा, काउली पनि लगाउन शुरु गर्नुभयो । 

उहाँको घर बजार देखि ३ किलोमिटर टाढा छ । घरनजिकै कच्चि सडक भए पनि भनेको बेला गाडी सुविधा पाउदैनथ्यो । डोकोमा बोकेर घरघरमा तरकारी बेच्दाको उहाँले दुःख लाग्दो अनुभव सुनाउनुभयो  । उत्पादन भएको सबै तरकारी गाउमै विक्रि नहुने बोकेर बजार सम्म लिनुपर्ने । विक्रि नभए फेरी बोकेर घरमै ल्याउनु पर्ने बाध्यता थियो । 

उहाँलाई संस्थाले पोलिहाउस पनि उपलब्ध गरायो । त्यो सँगै बिउविजन र प्राविधिक सहयोग पनि ग¥यो । पोलिहाउसमा तरकारी लगाउन शुरु गरेपछि उत्पादनमा वृृद्धि भयो भएको उहाँ बताउनुहुन्छ । दश, एघार जनाको परिवारले विहान वेलुका तरकारी खाएर पनि अहिले बेच्न पुगेको छ', उहाँले भन्नुभयो,  'पहिलाको जस्तो धेरै दुःख पनि गर्नुपर्दैन । थोरै मेहनतले धेरै उत्पादन गर्न सकिन्छ । तरकारी बेचेर केटाकेटीको पढाई खर्च व्यहोरेकी छु अनि आफुलाई पनि उपचार गर्न पुगेको छ ।'

उहाँको पेटको अप्रेसन गर्दा ८/१० लाख खर्च भयो । आमाशयमा क्यानसर भएका कारण आन्द्रानै काटेर फाल्नु पर्ने स्थिती भयो । श्रीमानको रोजगारी केही छैन् । श्रीमान ६ महिना गाँउमा र ६ महिना भारत गएर कमाउने गर्दछन् । उहाँ भन्नुहुन्छ', 'यदि तरकारी खेती बाट आम्दानी नगरेको भए श्रीमानको कमाईले मात्रै न उपचार गर्न सकिन्थ्यो नत घर गर्जाे टार्न सकिन्थ्यो । आज नयाँ जिन्दगी पाएकी छु, जुन सोसेक नेपालले मलाई व्यवसायिक बन्न सिकायो र जसले गर्दा मैले आम्दानी बढाउन सफल भए । पैसा हुन्थेन भने न मेरो जिवन रहने थियो न केटाकेटीलाई पढाउन सक्ने थिए ।'

 
 

प्रतिक्रिया