नारयाणमा ‘सशक्त महिला समृद्ध नेपाल’ परियोजना

नारयाणमा ‘सशक्त महिला समृद्ध नेपाल’ परियोजना

दैलेख – संयुक्त राष्ट्र संघीय जनसंख्या कोष (यूएनएफपीए)को साझेदारीमा सोसेक नेपालले ‘सशक्त महिला समृद्ध नेपाल’ (ईडब्लुपीएन) नामका परियोजना दैलेखको नारायण नगरपालिकाका १,२ र ३ नम्बर वडामा सञ्चालन गर्ने भएको छ । आज दैलेख सदरमुकाममा परियोजना परिचय कार्यक्रममा कार्यक्रम सोसेक नेपालका कार्यकारी निर्देशक हीरासिंह थापा परियोजनाले लैंगिक हिंसा रोकथाम र समताको सवाल बारे पैरबी गर्ने बताउनुभयो ।

कालिकोटको शुभकालिका गाउँपालिका वडा नं. १ र २ अनि सुर्खेतको बीरेन्द्रनगर नगरपालिकाको वडा नं. १, २, ३, ४ र ५ संगै दैलेखको नारायण नगरपालिकाको वडा नं. १, २ र ३ मा सञ्चालन हुने सशक्त महिला समृद्ध नेपाल (ईडब्लुपीएन) परियोजनाले कार्यक्रम व्यवस्थापक हेमन्तीका गौतमले प्रकाश पार्नुभएको थियो । 

‘सशक्त महिला समृद्ध नेपाल’ परियोजनाले अन्तरराष्ट्रिय मजदूर संगठन (आइएलओ), सीएमसी लगायतका संस्थाहरुको सहकार्य तथा लैंगिक सवालमा पैरबी गर्दै आएका सरकारी निकाय र नागरिक समाजसंग समन्वयमा काम गर्ने बताइएको छ । 

नारायण नगरपालिकाका मेयर लोमन शर्माको अध्यक्षतामा भएको परियोजना परिचयात्मक कार्यक्रमले ‘सशक्त महिला समृद्ध नेपाल’ परियोजना अन्तरगत जोडी सहजकर्ता, सामुदायिक सहजकर्ता लगायतका जनशक्ति पूर्ति गर्न नगरपालिकाले सूचना प्रकाशन गर्ने र छनौट गर्न सोसेक नेपाल र नगरपालिकाको समन्वयमा छनौट गर्ने निर्णय गरिएको छ । 
 

प्रतिक्रिया