नगर अनुदानका शिक्षक हटाइँदै

नगर अनुदानका शिक्षक हटाइँदै

दैलेख – नारायण नगरपालिकाले नगरको आन्तरिक श्रोतको अनुदानबाट तलव खाइरहेको नगर अनुदानका शिक्षकहरु हटाउन तयारी गरेको छ । आज भएको प्रधानाध्यापक बैठकमा नारायण नगरपालिकाका मेयर लोमन शर्माले नगर अनुदानका शिक्षकहरु हटाउनै पर्ने स्थिति आएको समस्या दर्शाउनुभयो । 

‘हाम्रो आन्तरिक आम्दानीले धान्न नसक्ने भइसकियो नगर अनुदानका शिक्षकहरु राख्न सक्दैनौं, विकल्प अपनाउनुस्’ उहाँले मुख खोल्नुभयो । उहाँले भन्नुभयो ‘हामी नीतिगत निर्णय गर्दैछौं, नगर अनुदानका शिक्षकहरु हटेपछि प्रधानाध्यापकहरुले के कसरी चलाउन सकिन्छ सोचिराख्नुस् ।’

करिब तीन सय शिक्षकहरु कार्यरत रहेका दैलेखको जिल्ला सदरमुकाम नारायण नगरपालिकाका ११ वटा वडाका ४१ विद्यालयमा दरबबन्दीका दुई सय, ५१ जना नगर अनुदानका शिक्षकहरु र बाँकी झण्डै ५० जना जति संघीय शिक्षा अनुदान र राहत शिक्षक कार्यरत छन् । 

प्रधानाध्यापक बैठकमा विद्यार्थी भर्ना अभियान, वार्षिक शैक्षिक योजना, पाठ्यपुस्तको व्यवस्था, विद्यालयहरुको लेखापरीक्षण, विद्यालय व्यवस्थापन समिति गठन, शिक्षक अभिभावक संघको गठन, विद्यालयहरुमा दिवा खाजाको प्रभावकारिता लगायतका सवालमा छलफल भएको नारायण नगरपालिका शिक्षा शाखा प्रमुख पूर्णप्रसाद उपाध्यायले जानकारी दिनुभयो । 
 

प्रतिक्रिया