जेष्ठ नागरिकहरुलाई सम्मान
सहबान अन्सारी
नवलपरासी – नवलपरासीको गुठी परसौनी ७ पिपरपातीमा जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न गरियो! सन्घर्ष युवा क्लबको आयोजना तथा गुठी परसौनी गा.वि.स.को सहयोग रहेको कार्यक्रममा नेपाली काग्रेस क्षेत्र न.७ सांसद देवकरण प्रसाद कलवारको प्रमुख अथित्यता तथा सन्घर्ष युवा क्लबको सल्लाहकार सुरेश बरईको अध्यक्षता रहेको थियो! सम्मान कार्यक्रमा नेपाली काग्रेस गुठी परसौनीका ईकाई सभापति तुलसी उपाध्याय,सन्घर्ष युवा क्लबका अध्यक्ष सन्तोष राजभर, कन्हैया कुमार हरिजन, दिलिप गुप्ता,अल्सगीर हजाम, रघुबर कुश्वाहा, राम प्रसाद पाल, जनार्दन पाल, लक्ष्मी हरिजन लगायतहरुको उपस्थिति रहेको थियो सम्मान कार्यक्रममा गुठी परसौनी गा.वि. स. का करिब १६७ जना जेष्ठ नागरिकहरुलाई सांसद कलवारले दोसल्ला ओढाई सम्मान गर्नु भएको थियो!
प्रतिक्रिया