सरकार के आँखा छैनन ?

सरकार के आँखा छैनन ?

दिनेश थापा 'परिर्वतन'
ठाटीकाँध गाउँपालिका -२, दैलेख । 

 देशको हालत झन झन बिग्रदै छ 
सधै सगरमाथा पुग्ने आँट राख्ने सरकार 
सधै नाम्चे बजारमा मात्रै  बिचलित छ ।
सधै सरकार परिवर्तन भइरहँदा 
देशको अवस्था परिवर्तन भने कहिल्यै भयन,
सधैँ चुनामा मात्रै जनतालाई आफ्नो बनाउन खोजिरहनेले 
आज बिचलित जनतालाई आफ्नो कहिले बनाउने ?
सडकमा सबै कराइरहेका छन, 
अभावमा सबै हराइरहेका छन
परिवार देखिनै पराइ भएका छन, 
यो रहर हो वा बाध्यता जवाफ दिन नसक्ने किन सरकारमा ?
आज साधारण जनताको सन्तान जन्मिनेबित्तकै बिदेशको सपना बोकिरहेछन्
अनि नेताको सन्तान जन्मिदा जनताको पसिनाको मूल्य मात्रै खोसिरहन्छन
खैत समानताको हक  ?
खैत रोजगारको हक  ?
सधै गरिब जनता दमन हस्तक्षेपमा मात्रै किन ?
सरकार के सम्मानपुर्वक बाच्न पाउने हक छैनर  ?
स्वतन्त्रताको हक छैनर ? 
९८प्रकारका औँषधी निशुल्क खोइ कहाँ छन, सबैलाइ हुन या सरकारका परिवारलाइ मात्रै 
स्वास्थ्य सम्बन्धि हक किन लेखेको संविधानमा ?
अभावमा रोइरहेकि आमा छोरोलाइ बिदेश पठाउँदा आज किन कोही साहारा बिना बस्नुपरेको छ ? 
मर्छु भन्नेले छोरोलाइ खैत बिदेश जान रोकेको ? 
सरकार सक्छौ भने बिदेश जान बन्द गर्दा हुन्छ 
नभए नेपाली जनता बिदेशमा कति मरिरहने ?
 दुख टार्न बिदेश गएको छोरो लास बनेर  बाकसमा फर्किरहदा, 
के आमाहरुको हृदय रुदैँन ?
के छोरो रहरले गएको हो ?
आज  हरेक अभावमा छटपाटाइरहेका बालक किन मृत्युको सिकार नजिक पुग्दै छन ?
कलिला बालकहरु किन मृत्युको सिकारमा ?
नेताज्यु पिडित बालक र आफ्ना बालक बिच कहिले सोच्ने ?
जनता भोकै छन नाङ्गै छन न खाने गाँस छ
 नत बस्ने बास छ, 
अभावमै जन्मेका छन 
अभावमै बाँचेका छन 
र अभावमै मरेका पनि छन ।
आज देशका जनताहरुले किन आत्महत्या गर्नु परेको छ ?
 अकालमै ज्यान गुमाउनु परेको छ 
धेरै नेपाली किन ठगिनु परेको छ ?
जनताले बारम्बार भोग्दै आएका दुख अनि समस्याहरुको सुनाइ कहिलेसम्म हुने ?
ए सरकार जनताका हरेक दुखमा किन लाचार छस ?
सरकार के आखा छैनन ?
आँखा छैन भने किन सरकारमा ?

प्रतिक्रिया