कला साहित्यमा लगानी कम ः प्राज्ञ घर्ती

कला साहित्यमा लगानी कम ः प्राज्ञ घर्ती

दैलेख – नेपाल संगीत, कला तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ पवित्रा घर्तीले कला साहित्यमा सरकारले लगानी बढाउन नसकेको कारण सोचे जस्तो नेपाली समाजको संस्कृति संरक्षण गर्न नसकिएको बताएकी छिन् । दैलेखको कला संस्कृतिको अवस्था बारे स्थलगत बुझ्न आज दैलेखमा आयोजना गरिएको अन्तरक्रियामा उनले यस्तो धारणा राखेकी हुन् ।
Kalakarita Dailekhसीमित साधन श्रोतको उचित सदुपयोग गर्दैै कला, संस्कृति र सम्पदाको ऐतिहासिक पक्षलाई उजागर गर्न चाहनाले आफू दैलेख आएको बताइन् । उनको साथमा महेन्द्र बहुमुखी क्याम्पसमा नेपाली विभागका प्रमुख डम्वर पुन र साहित्यकार भद्रसिंह बुढा पनि आएका छन् ।
कला साहित्य उत्थान प्रतिष्ठान दैलेखको समन्वयमा भएको अन्तरक्रियामा नारायण क्याम्पसका उपप्राध्यापक सुरेन्द्र अधिकारी, सामाजिक अध्ययता सूर्यबहादुर शाही, स्थानीय कलाकारहरु बिष्णु गौतम, लोकेन्द्र जीसी, सर्वजीत थापा, विशाल सुनार लगायतले जिल्लाको कला, संस्कृति र सम्पदाको विषयमा प्रकाश पारेका थिए ।
प्राज्ञ घर्तीले दैलेखको स्थानीय लोकगीत, नाट्यकला र प्रकाशमा आउन नसकेका स्थानीय संस्कृतिको अभिलेखीकरण गर्न अनुसन्धानमुकल काम गर्न कला साहित्य उत्थान प्रतिष्ठान दैलेखलाई १० हजार रुपैंयाँ प्रदान गर्नुभयो ।

प्रतिक्रिया