जनतासँग जनप्रतिनिधि छमछमी…

जनतासँग जनप्रतिनिधि छमछमी…

दैलेख, १० भदौ । दैलेखको गुराँस गाउँपालिकाका जनप्रतिनिधिहरुले यसपालिको हरितालिका तीज आफ्ना मतदाताहरुसँग मनाएका छन् । हरितालिकाअन्तर्गत पञ्चमीको दिन आज शनीवार गाउँपालिकाको केन्द्र घोडाबासमा भएको तीज विशेष कार्यक्रममा गाउँपालिकाका अध्यक्ष खेमराज ओली, उपाध्यक्ष दीपा विसी तथा आठवटै वडाका अध्यक्षहरु एउटै मञ्चमा छमछमी नाँचेका हुन् ।

कार्यक्रममा सवै वडाका साँस्कृतिक टीमहरु प्रतिस्पर्धामा उत्रिएका थिए । जसमध्ये वडानम्वर तीन प्रथम, वडानम्वर सात द्वितीय र वडानम्वर दुई तृतीय हुन सफल भएका छन् । प्रतियोगितामा सहभागी भएकाहरुमध्ये प्रथमलाई आठ हजार, द्वितीयलाई ६ हजार, तृतीयलाई चार हजार र चौथो सान्त्वनाहरुलाई दुई हजार रुपैयाँ पुरस्कार दिइएको छ । सुर्खेत, अछाम र जाजरकोट गरी तीनवटा जिल्लासँग सिमाना जोडिएको गुराँसमा फरकफरक साँस्कृतिक विविधता रहेकाले त्यसलाई अझ महत्त्व बढाउनका लागि यस्तो कार्यक्रम गरिएको गाउँपालिकाका अध्यक्ष ओलीले बताउनुभयो ।

प्रतिक्रिया