नेपाली गौरव

नेपाली गौरव

नन्दा महतारा चिन्तन

गरेर खान सकिन्छ साथी कर्ममा लागेमा ।
सकिन्न केही कर्मको बाटो टाढा नै राखेमा।
मनमा माया बसौँला छाँया राखौला आँखामा।
गरौँला काम रौपौला धान खेत र पाखामा।।

गरौँ साहस,जोगाँउ इज्जत हाम्रा पुर्खाको।
माया सम्मान गर्नुछ मैले साना र ठुलाको।
हिमालमा हिँउ परेको देख्दा मनमा आनन्द।
मुखमा कान्ति मनमा शान्ति उमङ्ग लाग्दछ।।

लेक र वेशी धाउने हाम्रो नियमित काम।
गौरव गर्छौ नेपाली हामी ठूलै छ सान।

Image may contain: 1 person, standing, outdoor and nature

 

प्रतिक्रिया