समाचार प्रसारण पछि सिंहासैनमा पुगे स्वास्थ्यकर्मी ।।

समाचार प्रसारण पछि सिंहासैनमा पुगे स्वास्थ्यकर्मी ।।

ज्वाला सन्देश संवादाता
दैलेख १४ असोज, दैलेखको पश्चिममा पर्ने सिंहासैन स्वास्थ्य चौकीमा आज स्थानीय बासिन्दाले हिजो लगएको ताला आज खोलिएको छ । अहेव भुवनराज पौड्याल र स्थानीय बासिन्दा विच आज भएको छलफल पश्चात ताला खोलिएको हो । अब देखी यस्तो गल्ती कदापी नदोहो¥याउने, कामको सिलसिलामा बाहिर रहेका स्वास्थ्यकर्मी आईतबार सम्म जसरी पनि कार्य स्थलमा आउने लगाएतका विषयमा स्थानीय बासिन्दा र अहेव पौड्याल विच सहमति भए पछि स्थानीयले आज ताला खोलको हुन् । विगत ७ गते देखी कर्मचारी विहिन हुँदा स्वास्थ्य चौकी बाट पाउने सेवा सुविधा बाट स्थानीय बासिन्दा बन्चित भए पछि ताला बन्दि गरिएको थियो । दैनिक १५÷२० जना भन्दा बढि सेवाग्राही आउँदै फर्किने गरेको र स्थानीय बासिन्दा द्रुपति थापालाई परम्परागत शैलीबाट ४ घण्टाको पैदल दुरी बाट सुडिनी वोलाई सुत्केरी गराउनु परेपछि स्थानीय बासिन्दा आर्काेशित हुदै ताला लगाएका थिए । विगत तिन दिन देखी धु्रवतारा एफ.एम.ले स्वास्थ्य चौकीमा कोहि पनि स्वास्थ्यकर्मी नहुँदा सेवाग्राही मर्कामा परेको समाचारलाई प्राथमिकताका साथ प्रसारण गर्नुका साथै फलोअप समेत गरेको थियो । एफ.एम.ले जिल्ला स्वास्थ्य कार्यालय दैलेखलाई स्वास्थ्यकर्मी नहुँदा स्थानीय बासिन्दा आर्काेसित तत्काल स्वास्थ्यकर्मी पठाउनु पर्ने विषयमा झकझकाईरहेको थियो ।

प्रतिक्रिया