माया अमर रहन ढुंगामा चिनारी

माया अमर रहन ढुंगामा चिनारी

भक्त वहादुर शाही
दैलेख, चैत्र १ गते । प्रेमी प्रेमिकाले माया अमर रहन के गर्छन होला । कसैले कुनै चिज उपहार दिएर मायाप्रेम गर्छन भने कसैले चिट्ठी पत्र लेखेर माया प्रेमलाई प्रगाढ बनाउन चाहान्छन् । तर पछिल्लो पटक सञ्चारमा भएको विकाससँगै मायापिरतीले फरक रुप लिएपनि अधिकाँश प्र्रेमी प्रेमिका मायालाई अमर राख्नको लागि बाँस,केतुक र ढुंगामा मायाप्रेमका कुरा लेख्न थालेका छन् । घरका अभिभावकले कहिले काही मोबाइल हेरी दिने भएकाले ती व्यक्तिले बाँस,केतुकी र ढुंगामा मायाप्रेम कुरा लेख्ने गरेको जग्नाथ २ का मयाराम अधिकारीले बताउनुभयो । कुनै बेला रुमाल,पोते उपहार दिएर गरिन्थ्यो मायाप्रेम । पढन लेख्न जानेकाले चिट्ठी पत्र लेखेर मायाप्रेम गर्थे । सञ्चारमा आएको विकास सँगै फरक तरिकाले मायाप्रेम गरिन्छ ।

अमर रहन ः ढुंगामा मायाप्रेमका कुरा कर्णाली नदीको बगरमा एक प्रेमिले आफ्नो प्रेमिकाबारे अमर रहन ढुंगामा लेखिएका प्रेमका कुरा ।
अमर रहन ः ढुंगामा मायाप्रेमका कुरा
कर्णाली नदीको बगरमा एक प्रेमिले आफ्नो प्रेमिकाबारे अमर रहन ढुंगामा लेखिएका प्रेमका कुरा ।

रुमाल पोते उपहार देखी चिट्ठी हुदै च्याटसम्म पुगेको छ पिरती । सञ्चारमा विकासले गर्दा पिरतीको रुप बदलिएको अधिकारीको भनाई छ । पहिलेका चिट्ठी पत्र भावना हुन्थ्यो । मायाको फरक हिसाबले व्याख्या गरिन्थ्यो । सञ्चारमा आएको विकासले माया आर्कषण मात्र वनेको उहाँको बुझाई छ । भारतबाट भान्जा आफुलाई माया सगरमाथा जस्तै अग्लो होस,हिउँ भन्दा बढी सेतो होस र नदी भन्दा लामो बढी हाम्रो माया होस भनेर लेखेको चिट्ठी अधिकारीलाई भरखरै जस्तै लागेको खुलासा गर्नुभयो । सञ्चार प्रविधि सजिलो साथै शिक्षामा परनिर्भर वनाएको उहाँको आरोप छ । सञ्चारले गर्दा नै आजभोली युवा युवतीलाई चिट्ठी लेख्न लगाउँदा जान्दैनन् ।
पहिले कसैले थाहा पाइहाल्छकी भनेर हामी स्कुलमा केटी साथीको किताब पढ्न लिएर माया प्रेमका चिटठी आद्रान प्रदान गथ्यौं ।त्यसले गर्दा हामीले राम्रो शब्दले सम्बोधनका लागि विभिन्न साहित्य किताब पढने र राम्रो शब्द छनौट गथ्यौं । जसले गर्दा हामीले धेरै ज्ञान कुरापनि सिक्थ्यौं । प्रेमी प्रेमिका बाहेक अरुलाई थाहा हुदैन थियो । विवाहको कुरा चलाउथ्यौं । भागेर विहे हुदैन थियो । पछिल्लो समय गरिने माया पनि डिजिटल भएको उहाँको आरोप छ । आजभोलीको माया पिरतीमा भावना छैन । आवेग मात्र छ । आधुनिक सञ्चारले गर्दा माया पिरतीको रुप बदलिदै गएको तोजीजैसी–८ कमल खत्री बताउनुभयो । हामी पहिले माया प्रितिको लागि केटा र केटीको नाम बाँस,केतुकी र ढुंगामा लेखेर प्रेम गथ्यौं । साथीलाई थाहाहोस भनेर । केतुकी र बाँसमा लेखेको माया प्रेमका कुरा जीवित रहनका लागि आफुहरुले ती चिज प्रयोग गरेको उहाँको भनाई छ । प्रेमी प्रेमिका लागि बाँस र केतुकी ताम्रपत्र र दस्तावेज हो ।
सञ्चार विकासले गर्दा आजभोली मायाप्रेम च्याटबाट गर्न थालिएको दैलेख नारायण नगरपालिका –२ का टोपेन थापाले बताउनुभयो । सञ्चारको विकासले गर्दा आजभोलीको मायाप्रितिमा विकृती फैलिएको छ,उहाँले भन्नुभयो । मोबाइल नहुँदा केटा केहीले केही उपचार दिएर मायाप्रेम गरिन्थ्यो । त्यस्तो माया सधै भरि टिकी रहन्थ्यो । तर आजभोली केटा केटीको फेसबुक च्याटबाट मायाप्रेम गर्न थालेपछि महिला हिंसाका घटना हुनुको साथै अधिकाँश प्रेमी प्रेमीका छिटो सम्बन्ध विच्छेद हुनु भावात्मक माया नभएको उहाँको भनाई छ ।
तर दैलेख कृष्ण उमाविका छात्र उदय रावतले मोबाइलले गर्दा नै आफ्नो विहे भएको बताउनुभयो । मैले एनसेलको सिम किनेको तीन दिनपछि अकस्मात एउटी केटीले फोन गरी । मैले पनि बेलुका तिर सधै फोन गरे । हामी विच लामो कुरा हुन थाल्यो । विहेका कुरा चलायौं । भेट निधो ग¥यौं । मायाप्रेम अमर रहन मैले ढुंगामा साइनपेन सायरी लेखे उहाँले खुलासा गर्नुभयो । अहिले हामी वैवाहिक जीवनमा बाँधिएका छौं । लेखेर साट्ने गरेका छन् । विद्यार्थीको पढाई सुधार्ने उद्देश्यले विद्यालय स्कुलमा मोबाइल प्रतिवन्ध लगाएपछि विद्यार्थीले मायाप्रिती कुरा ढुंगामा लेखेर साट्ने गरेका हुन् ।

प्रतिक्रिया