राउटे बालबालिकाहरु ʻहामी त पढ्ने थियौं ’

राउटे बालबालिकाहरु  ʻहामी त पढ्ने थियौं ’

भक्तबहादुर शाही
दैलेख–दक्षिण एशियाको एक मात्र भ्रमणशिल र फिरन्ते जाती हो राउटे समुदाय । नेपालको सम्पदा र मध्यपश्चिमको गहनाको रुपमा पनि चिनिन्छ यो जाती । सबैतिर अधिकार, आत्मनिर्णयका बहस र आन्दोलन चलिरहेको बेला यो समुदाय सुनसान जस्तै थियो र अझ पनि त्यस्तै छ । गैरराउटेलाई कोटको राजा, आफुलाई बोटको राजा भन्न साह्रै मनपराउँछन् ।

हाम्रो पनि पढने रहर छ राउटे बालबालिका पढन नपाएप्रति गुनासो गर्दै ।
हाम्रो पनि पढने रहर छ राउटे बालबालिका पढन नपाएप्रति गुनासो गर्दै ।

राजनिति विहिन समुदाय मान्न सकिन्छ । हामी स्वार्थमा परि धर्म परिवर्तन गर्न तयार हुन्छौं । नेपालीको नागरिक हौं भनेर गाथा गाउँछौं । तर मध्यपश्चिमका जंगलमा भ्रमणशिल जीवनयापन गर्दै आइरहेका राउटे समुदाय स्वार्थ विहिन छन् । आफ्नो परम्परामा कडा देखिन्छन् । कसैको लोभ लालचमा नपरि नागरिकता नलिएपनि नेपाली नागरिक हौं भनेर गौरव गर्छन । त्यसैले राउटे समुदायलाई स्वच्छन्द समाज मानिन्छ । एउटा कविलामा आधारित समुदाय हो । यो समुदायमा एक आपसमा गोप्यता छैन, धनसम्पति कमाउने लोभ छैन, जातीय विभेद छैन, वर्गीय विभाजन छैन, त्यसैले गर्दा राउटेले हामी भन्दा फरक पहिचान बनाएका हुन् ।
राउटेले समुदायका महाशत्रु हुन, स्थायी बसोबास, लेखपढ र खेतीपाती । आधुनिक सँगै राउटे समुदायमा परिवर्तन देखिएपनि यी तीन कुरामा परिवर्तन हुने छाँटकाट देखिदैन । आफ्ना परम्परा विरुद्ध हुन भएकाले अस्वीकार गरेको राउटे महामुखिया महिनबहादुर शाही बताउनुभयो । हामी कसरी त्यो काम गरौं, मेरो जनताले मान्दैनन, उहाँले भन्नुभयो । तपाईका जनतालाई तपाईले खेतीपाती लागौं भन्नुभयो, भनेपछि मानिहाल्छन भन्ने प्रश्न जवाफमा महामुखियाले भन्नुभयो, ʻनेपाल सरकारले सबै नेपालीलाई तपाई राउटे हौं भनि रिपुटी लगायो भने कोही राउटे बन्लात त्यसैगरि मेरो जनता खेतीपाती गर्ने मान्दैन ।’सञ्चारबाट टाढा रहेपनि गैरराउटेसँगको घुलमिलले गर्दा धेरै कुराका जानकारी लिनुका साथै ज्ञानका भण्डार हुन, राउटे ।

हामीले पनि जानेका छौं । गैरराउटे संग क्रिकेट खेल्दै राउटे बालबालिकाहरु ।
हामीले पनि जानेका छौं ।
गैरराउटे संग क्रिकेट खेल्दै राउटे बालबालिकाहरु ।

नेपाल सरकारले सन २०१७ सम्म कोही पनि नागरिकलाई साक्षर बनाउने निर्णयको यो जातीले खण्डन गरिदिएको छ । निर्णयलाई कार्यान्वयनको लागि सरकारले घुम्ती शिक्षा कार्यक्रमको लागु गरिनुपर्ने अधिकाँश मानिसको भनाई छ । बालबालिकामा पढने मोह छ । बुढापाकाको डर त्रासले रहर मनमै कुण्ठित छ । राउटेका बालबालिका गैरराउटेका बालबालिका सँग होइन आफनै बस्तीमा खेलेर दिन विताउँछन् । राउटे मुखियाका विरबहादुर शाहीका छोराले दिपक शाहीले पढ्ने मन भई क्या अन्र्या, हाम्रो जातीले पढदैन । पढ्ने लेख्ने त तपाई दुनियाँले हो, हामी राउटेले होइन, पुर्खाबाट नपढेकाले आफुहरु नपढने उहाँले अस्वीकार गर्नुभयो । राउटेका युवा कपिल शाही भन्नुभयो, हामी पनि पढने थियौं । हामी बाबु रिसाउँछन् दुखेसो पोखे । पढन रहर भए पनि समुदायको सस्कार नपढने भएकाले पढनु हुदैन भन्नेछ । पढेमा खेतीपाती गर्नुपर्छ भनेर पहिला देखी नपढेको पुर्खाको जे गरे त्यही गर्नुपर्छ ।राउटे अगुवा दिलबहादुर शाहीले बताउनुभयो ।पुर्खादेखी तपाईहरुको भाग्यमा भगवान पढ भने हामीलाई भनेनन् ।त्यसैले तपाईले पढनु हुन्छ । जागीर खानुहुन्छ, । भगवानले हामीलाई बनमा बसाले । तपाईहरुलाई घरमा । भगवानमा विश्वास गर्ने भएपनि भगवानको पोष्ट पम्पलेट भने वस्तीमा राख्दैन उहाँको भनाई छ ।
तर पछिल्लो समय राउटेमा विदेशी पर्यटकको आगमनले केही राउटे युवामा अंग्रेजी भाषाप्रति मोह जागेको केही महिना डेनमार्क नागरिक सँग राउटे बस्तीमा पुगेकी सुर्खेतकी प्रतिमा मल्लाहले सुनाउनुभयो । मलाई खकेन्द्र शाही भन्ने राउटे युवाले अंग्रेजी सिकादिउन दिदी भनेर हैरान पा¥यो । खकेन्द्रले मलाई राउटेको खाम्ची र मैले उनलाई केही अंग्रेजी सिकाए । मैले खाम्ची भुलीसके ती युवाले अंग्रेजी भाषा बोलिरहेका होलान मल्लाह आशाबादी हुनुभयो । तर राउटेका स–साना बालबालिका पढाई बारे सोधपुछ गर्दा हामी पढ्ने हो भनेर जवाफ फर्काछन् । टुलु टुलु आमा बाबुतिर हेर्दै बस्तीतिर लाग्छन् । बस्तीमा गैरराउटेको उपस्थिति र सम्बन्ध केही ती समुदायको बालबालिकामा क्रिकेट मोह पनि उतिकै जागेको देखिन्छ । सञ्चारबाट टाढा रहने यो समुदाय भने मोबाइलले फोनको भिडीयो गर्दा आफुले क्रिकेट खेल्न सिकेको शिवराज शाहीले बताउनुभयो । काठको व्याड र बल बनाएर आफुहरुले क्रिकेट खेल्ने गछौं,उहाँले थप्नुभयो । खेलकुद लगायत मनोरञ्जनमा पनि राउटे युवा बालबालिकाको उत्तिकै चासो दिन्छन् । पत्रकार विनोद वि.क.ले राष्ट्रियताको लागी गाएको ʻसुस्ता हाम्रै हो बहिनी, सुस्ता हाम्रै हो कालापानी, लिपियादुरा, टिम्वर पोखरी, वनबास हिड्यौं त्यो पनि हाम्रै हो’ भन्ने गीतको बोल राउटेका सबै बालबालिको जनजिब्रो झुण्डिएको छ । उसो त २०६६ सालमा दैलेख महोसत्सवमा पनि राउटे समुदाय राष्ट्रियता सम्बन्धि गीत गाएर सबैलाई अचम्म पारेका थिए । हाम्रा नेतालाई राष्ट्र राष्ट्रियता प्रति चासो घट्दै गइरहेको बेला बोटका राजा भन्न रुचाउने राउटेले राष्ट्रभक्ति गीत गाउनु सबै नेपालीलाई गौरवको हो ।

प्रतिक्रिया