मन्त्रिपरिषदमा अनलाइनबाटै प्रस्तावको तयारी

मन्त्रिपरिषदमा अनलाइनबाटै प्रस्तावको तयारी

भाद्र १, २०७३- मन्त्रिपरिषदमा विभिन्न मन्त्रालयबाट अनलाईनबाटै प्रस्ताव पठाउन मिल्ने व्यवस्थाको तयारीमा प्रधानमन्त्री एवं मन्त्रिपरिषदको कार्यालय जुटेको छ । बुधबार यसबारे तयार पारिएको प्रारम्भिक प्रस्तावमा छलफल भएको थियो । त्यसमा मन्त्रिपरिषद बैठक र त्यसका निर्णयलाई अनलाइनमैत्री बनाइ सहज बनाउनेबारे छलफल भएको प्रधानमन्त्री कार्यालयका सहसचिव बिनोदबहादुर कुँवरले जानकारी दिए ।

‘क्याविनेटका काम कारबाही कसरी अनलाईनबाटै सहजै गर्न सकिन्छ भन्नेमा हामी जुटेका छौं । विस्तारै परिणाम देखिनेछ,’ कुँवरले भने । बैठकमा प्रधानमन्त्री कार्यालयका सचिव, सहसचिव, सूचना प्रविधिलगायत शाखाका अधिकृतहरु सहभागी थिए ।

कान्तीपुरमा समचार छ ।

प्रतिक्रिया