सेभ द चिल्ड्रेनकी कन्ट्री डाइरेक्टर दैलेखमा

सेभ द चिल्ड्रेनकी कन्ट्री डाइरेक्टर दैलेखमा

दैलेख, असोज १५ । सेभ द चिल्ड्रेनकी कन्ट्री डाइरेक्टर तातिया लाला बोर्जाले दैलेखमा सेभ द चिल्ड्रेनको सहयोगमा सञ्चालित विभिन्न परियोजनाको अनुगमन गरेकी छन् । दैलेखमा सेभ द चिल्ड्रेनसँगको साझेदारीमा सामाजिक सेवा केन्द्रद्धारा सञ्चालित सहयात्रा परियोजनाको उनले अनुगमन गरेकी हुन् ।

DSC04584दैलेखको सेरी गाविसको गाइबान्नास्थित बुद्ध आधारभुत विद्यालयमा पुगेर लालाले विद्यालयमा परियोजना लागुपछि भएका परिवर्तनबारे जानकारी लिएकी हुन् । उनले विद्यालयका शिक्षक, अभिभावक र सरोकारवालासँग छलफल गरिन् । विद्यालयमा विद्याार्थीको सिकाई प्रगति, शैक्षिक वातावरण, शिक्षण सामाग्री र कक्षा कोठाको अवस्थाबारे उनले अवलोकन गरेकी थिइन् ।DSC04582

कक्षा कोठा बालबालिका मैत्री बनाइएकोमा लालाले प्रशंसासमेत गरेकी थिइन् । कक्षा कोठामा प्री फर्म, कारपेट ओछ्याइएको थियो भने, बालबालिकाहरु खेल्दै पढ्दै गरेका थिए । विद्यालयमा पुग्ने हरकोहीलाई बालबालिकाले नमस्ते भन्दै गर्ने स्वागत अभिवादन विद्यार्थीहरुको संस्कार झल्काउँथ्यो । ४७ जना विद्यार्थी रहेको सो विद्यालयमा जनजाती र दलितको बाहुल्यता रहेको छ । विद्यालयको वातावरण वालमैत्री तथा शैक्षिक अवस्था राम्रो रहेको सामाजिक सेवा केन्द्रका सामाजिक परिचालक पूर्ण महतराले बताए । परियोजनाले विद्यालयमा शैक्षिक सुधारका काम गरेको छ भने जोखिममा परेका बालबालिकाको अधिकार संरक्षणका लागि पनि सेवा दिँदै आएको छ । परियोजना लागु भएपछि विद्यार्थीको सिकाईमा समेत सकरात्मक सुधार भएको महतराले दावी गरे ।

कन्ट्री डाइरेक्टर लालाले विद्यालयको अवस्था अवलोकनपछि भिसिपीसीका पदाधिकारीसँग पनि छलफल गरेकी थिइन् । उनले सेरी गाविसमा वालबालिकाको अवस्थाबारे ती पदाधिकारीसँग छलफल गरेकी थिइन । सेरीको अवलोकनपछि लालाले दैलेख जिल्लास्थित विभिन्न कार्यालय प्रमुख तथा सरोकारवालासँगसमेत छलफल गरेको बताइएको छ ।

प्रतिक्रिया