परिवर्तनको संवाहक बन्दै बाल क्लब

परिवर्तनको संवाहक बन्दै बाल क्लब

दैलेख, १५ पौष– विन्ध्यावासीनी वार्ड नं. २ मा वस्ने भविसरा थापाको ८ जनाको परिवार छ । आमा बुबाले कृषि पेशा लाई अगाल्दै आएका छन् । कषि पेशाबाट नै परिवारको गुजारा चलाएका छन् । थापा अहिले श्री रैनादेवि माध्यमिक विद्यालयमा कक्षा ९ मा पढ्दिैछिन् । कुनै बेला गा.वि.स.मा बाल अधिकारको बारेमा जानकारी नपाएकोले गर्दा बाल अधिकार हनन्का घटना हुने भए पनि चुप लागेर वस्नुपर्ने अवस्था थियो । तर सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख मार्फत संचालित महिला, युवा र बाल अधिकार प्रवर्धन कार्यक्रम अन्र्तगत विन्यावासीनी गा.वि.स.को प्रत्येक वार्डमा १÷१ वटा बाल क्लव गठन गरि परिचालन भयो । विन्ध्यावासीनी वडा नं २ मा पनि झरना बाल क्लवको गठन भयो । उक्त बाल क्लवमा २०६९ सालदेखि थापा पनि सदस्य भइन । सदस्य पछि क्लवको सचिव हुदै हाल अध्यक्ष भइ क्लव संचालन गरेकी छिन । क्लवबाट प्रतिनिधीहरु लिइ गा.वि.स. स्तरिय विन्ध्यावासीनी बाल संजाल पूर्नगठन गर्दा भविसरा संजालको अध्यक्षमा बनिन् । उनले सामाजिक सेवा केन्द्र देखि क्षमता विकास तालिम पनि लिने मौका उनले पाइन् । संजालको अध्यक्ष भएकै कारणले गर्दा गा.वि.स. परिषदमा परियोजना प्रश्तावना सहित सहभागी भई आ.व. ०७२÷०७३ मा रु १४८०००÷ बाल लक्षीत रकम लिन सफल भएकी थिइन । आ.व. ०७३÷०७४ मा रु १६९६२५÷ बाल लक्षीत रकम लिन सफल भएकी थिइन । आ.व. ०७४÷०७५ मा रु ३१८०००÷ बाल लक्षीत रकम मिनी परिषदबाट छुट्याइएको छ । यो रकमबाट विभीन्न क्षमता विकासको कार्यक्रम संचालन गरिएको छ । ७ वटा विद्यालयको लागि खेलकुदको सामाग्री वितरण गरिएको छ ।

यस वर्ष विन्ध्यावासीनी गा.वि.स.मा रहेका ९ वडाका २÷२ जनाका दरले विपन्न परिवारका १८ जना बालबालिकालाई पोषाक वितरण गरिएको छ । उनकै नेतृत्वमा बाल भित्ते पत्रिका प्रकाशन गर्ने गरिएको छ । उनि जिल्लामा हुने बाल भेलामा पनि सहभागी हुने गरेकी छिन । विन्ध्यावासीनी गा.वि.स वार्ड नं १ र २ मा रहेका बालक्लव र युवा क्लवले मिलेर भनभनेदखि माथिल्लो टाटासम्म गोरेटो बाटो मर्मत गरेको छ । विन्ध्यावासीनी वार्ड नं २ मा बाल क्लव र युवा क्लव मिली सामुहिक वृक्षारोपण गरेका छन ।

हाल झरना बाल क्लवमा स्वाथ्य सरसफाइ अन्तरगत फोहोर फाल्ने खाल्डा, भाँडा सुकाउने चाङ र जुठ्यान वनाइएको छ । उनि विहान साझ र विदा परेको दिनमा घरमा करेशावारी निर्माण गरि अरु सदस्यलाई पनि सिकाउने गर्छिन । बाल विवाह न्यूनीकरणको लागि प्रयासरत हुँदै यस वर्ष १ वटा बाल विवाह रोकेका छन् । गा.वि.स स्तरमा विभीन्न अवसर पारी कार्यक्रमको आयोजना गर्ने गरेका छन् । यसरी नै विन्ध्यावासीनी बाल संवालले राम्रो काम गरेकोले आ.व. ०७३÷०७४ साल सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेखले प्रत्येक वर्ष वार्षिक साधारण सभाको अवसर पारी सम्मान गर्ने कार्यक्रममा विन्ध्यावासीनी बाल संजाल सम्मानीत भएको छ । बाल अधिकार तथा बालअधिकार हननका घटना भएको खण्डमा वकालत गर्ने गरिएको छ ।

प्रतिक्रिया