प्रहरीलाई अपराध अनुसन्धान तालिम

प्रहरीलाई अपराध अनुसन्धान तालिम

दैलेख, पुस १७ – जिल्ला प्रहरी कार्यालय दैलेखले प्रहरी हवल्दार र जवानहरुका लागि ६ दिने अपराध अनुसन्धान तथा रोकथाम सम्वन्धी आधारभूत तालिम आजदेखि दैलेख सदरमुकाममा सुरु गरेको छ । तालिममा जिल्ला प्रहरी कार्यालय र मातहतका इकाईमा मुद्दामा कार्यरत जनशक्तिको क्षमता विकास गर्न थालिएको तालिममा २ महिला सहित ४५ जनाको सहभागिता छ । polish-news-3 polish-news-2 polish-news-1
तालिममा प्रहरीले हेर्ने फौजदारी मुद्दामा घटनास्थलको सुरक्षा, घटना प्रकति मुचुल्का, अपराध अनुसन्धान शैली, प्रमाण संकलन, मुद्दा प्रक्रिया लगायतका विषयमा प्रयोगात्मक अभ्यास गराइने बताइएको छ । जिल्लामा सञ्चालन भएको यो दोश्रो चरणको तालिम हो, यसअघि डेढ महिना पहिले पहिलो समूहलाई यस्तो अनुशिक्षण चलाइएको थियो ।
तालिमको औपचारिक उद्घाटन गर्दै दैलेखका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले तालिममा सिकेको सैद्धान्तिक ज्ञानले व्यवहारिक काम सघाउने बताए । जिल्ला प्रहरी कार्यालयका निमित्त कार्यालय प्रमुख प्रहरी निरीक्षक भुवनेश्वर साह, प्रमुख प्रशिक्षक प्रहरी निरीक्षक चक्रबहादुर मल्ल, सहायक निरीक्षक श्यामराज अर्यालले तालिमको महत्व विषयमा प्रकाश पारेका थिए ।

प्रतिक्रिया